‘भ्रष्टचारी जेल परून्’ : नागरिक समुह

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार १४ चैत, २०७१

nagarik samuhaजनबोली १४ चैत, काठमाडौं । छोटो समयमै चर्चा बटुल्न सफल भएको नागरिक समुहले ‘भ्रष्टचारी जेल परून्’ अभियानको घोषणा गरेको छ । राजधानीको त्रिवि शिक्षण अस्पतालमा एक कार्यक्रमको आयोजना गर्दै समुहले सो अभियानको घोषणा गरेको हो ।

शान्ति र संविधान, स्थानिय निकायको निर्वाचन र भ्रष्टाचारमुक्त समाज निर्माणका लागि सरकार एवं सम्बद्ध राजनैतिक दल तथा दलका शिर्ष नेतृत्वलाई सकारात्मक दवाव दिँदै आएको नागरिक समुहले अब ‘भ्रष्टाचारी जेल परुन्’ भन्ने नारालाई प्रभावकारी ढंगले अघि बढाउन लागेको समुहका संयोजक निगम हुमागाईँले जानकारी दिए ।

सो अवसरमा समुहले विभिन्न १० बुँदे माग राख्दै अनसनमा बसेका प्रा.डा. गोविन्द केसीको मागप्रति ऐक्येबद्धता जनाउँदै उनको माग पुरा गर्न सरकार गम्भीर बन्नुपर्नेमा जोड समेत दिएको छ । सो अभियानको घोषणामा चर्चित पत्रकार रवीन्द्र मिश्रसहित पूर्व अर्थसचिव रामेश्वर खनाल, पत्रकार प्रेम बानिया, नागरिक समुहका पदाधिकारी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो भने १०० जनालाई भ्रष्टचारी जेल परुन् अंकित टिर्सट समेत निःशुल्क वितरण गरिएको थियो ।

भ्रष्टचारीलाई किरा परोस् नाराको परिवर्तित रुप केहि वर्षअघि पत्रकार मिश्रले ‘भ्रष्टचारीलाई किरा परोस्’ शीर्षकमा एउटा लेखै लेखे । मिश्रले लेखेको सो लेख चर्चित मात्रै रहेन, देशव्यापीरुपमा युवाहरुले स्वतस्फूर्तरुपमा भ्रष्टाचारीलाई किरा परोस् अंकित टिसर्ट लगाउनुको साथै भ्रष्टाचार हुने भनिएका सरकारी कार्यालय अगाडी ठूल्ठूला व्यानर समेत टाँसेर नाराकै रुप दिए । जुन चर्चामा रहँदै गर्दा कतिपयले अशिष्ट गाली गरेको भन्दै आलोचना समेत गर्न भ्याए । यतिमात्रै होइन अशिष्ट गाली गरेको भन्दै सो नारालाई रोक्नको माग गर्दै अदालतमा मुद्दासमेत दायर भयो ।

नारा चर्चाको साथै विवादमा तानिएसँगै यसलाई परिवर्तन गरि ‘भ्रष्टचारी जेल परून्’ नामक नारा बनाइएको हो , जुन आज औपचारिक रुपमा सुभारम्भ गरिएको संयोजक हुमागाईले बताए । आफूहरु भ्रष्टचारविरुद्धको अभियानमा सक्रिय रहेको र ‘भ्रष्टचारी जेल परुन्’ भन्ने नारा समुहको लागि सुहाउँदो रहेकाले औपचारिक रुपमा सुरुवात गरिएको उनको भनाई छ ।

भ्रष्टचारीलाई किरा परोस् नारालाई पत्रकार मिश्रसहित अभियानलाई साथ दिइरहेका कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, रामेश्वर खनाल, भोजराज पोखरेल, डा समीरमणी दीक्षित लगायतका प्रतिश्ठित व्यक्तिहरूको बैठकले नाम बदलेर ‘भ्रष्टचारी जेल परुन भन्ने नारा दिएका हुन् ।

परिवर्तित नारा विविध कारणले अघि बढाउन नसकिएको र हाल आएर नागरिक समुहले अघि बढाउने निर्णय गरेकाले आज अभियानको औपचारिक सुभारम्भ गरिएको मिश्रले बताए । यसैगरी अभियानलाई देशव्यापी बनाएर लैजाने समुहका प्रवक्ता जयराम सिग्देले बताए । उनले पहिलो चरणमा अभियानलाई देशका मुख्य भागहरुमा विस्तार गर्ने र त्यसपछि देशव्यापीरुपमै विस्तार गरिने आफूहरुको लक्ष्य रहेको बताए । उनले आफूहरुको अभियानमा सबैले साथ दिने दाबी गर्दै सुरुवाती चरणमै देशभरबाट राम्रो प्रतिक्रिया आइरहेको बताए ।

शान्ति र संविधान, स्थानिय निकायको निर्वाचन र भ्रष्टाचारमुक्त समाज निर्माणका लागि सरकार एवं सम्बद्ध राजनैतिक दल तथा दलका शिर्ष नेतृत्वलाई सकारात्मक दवाव दिने उद्देश्यले एक वर्ष अगाडि नागरिक समूहको स्थापना भएको थियो ।

एक वर्षको अवधिमा समुहले राजनैतिक दल, शिर्ष नेताहरु, पूर्व प्रधानमन्त्रीहरु, प्रधानमन्त्री, सभामुख, राष्ट्रपतिलाई समयमैं संविधान निर्माणका लागि दवाव दिनुको साथै विभिन्न अभियानहरु समेत चलाइसकेको संयोजक हुमागाईले जानकारी दिए ।

सम्बन्धित खबरहरु