पाँडे, जिग्री र सीतेबा सोलमारी कटेज उद्घाटन गर्दै

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार १४ चैत, २०७१

बुटवल, चैत १४ । भद्रगोलका जिग्री (कुमार कट्टेल) सोलमारी कटेजमा टुच्च लाउन बोल्ने थेगोले अब कटेजको नाम पाएको छ । यहि थेगोलाई नै लिएर बुटवलको ट्राफिक चोकमा सोलमारी कटेजको उद्घाटन गरेका छन् थेगो बोल्ने जिग्री, पाँडे (अर्जुन घिमिरे) र सीते बा (मधुसुधन पाठक) ले । सधै बिग्रेको क्यारेक्टरमा देखा पर्ने उनीहरु सोलमारी कटेजमा उद्घाटनकर्ताको रुपमा देखिए । अचम्मको कुरा सोझो भूमिकामा देखिने सीते बा, युवाहरुलाई बिगार्न तम्सिने जिग्री तथा गाउँघर भाँड्दै हिँड्ने फरकफरक पात्रहरु सोलमारी कटेजमा त्यो पनि एक साथ उद्घाटनमा देखिएका हुन् ।Kumar-kattel-site-ba

युनिट फाष्टफुड रेष्टुरेण्टले संचालन गरेको ‘सोलमारी कटेज’ भद्रगोल हाँस्य टेलिश्रृंखलका तीन कलाकारहरुले संयुक्तरुपमा रिवन काटेर उद्घाटन गरेका हुन् । लामो समयदेखि संचालित क्याफेलाई नयाँ व्यवस्थापनसहित चाईनिज, ईण्डियन तथा कन्टिनेन्टल परिकारहरु पाईने गरि संचालमा ल्याईएको कटेजका संचालक सुदर्शन सिग्देलले जानकारी दिए । शान्त र रमणीय वातावरणका साथै गुणस्तरीय सेवा दिने उद्देश्यले यो रेष्टुरेण्टलाई संचालनमा ल्याएको सञ्चालक सिग्देलले बताए ।

सम्बन्धित खबरहरु

दुई पुरुष मृत अवस्थामा फेला
  • शनिवार ३ असोज, २०७७
दुर्घटनामा ७ जनाको मृत्यु
  • शनिवार ३ असोज, २०७७