विश्वकप फाइनल खेलमा न्युजील्याण्ड अष्ट्रेलिया बिरुद्ध क्रिकेट मैदानमा (लाईभ स्कोर सहित)

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार १५ चैत, २०७१

जनबोली/ १५ चैत, काठमाडौ । आइसीसी विश्वकप क्रिकेटको फाईनल खेलमा उपाधिका लागि आज दुई आयोजक राष्ट्रहरु अष्ट्रेलिया र न्युजिल्यान्डबीच भिडन्त हुदैछ । अष्ट्रेलियाको मेलबर्न क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान सवा ९ बजे सुरु हुने फाईनल खेलले निकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।
न्युजिल्यान्डले सेमिफाइनलमा दक्षिण अफ्रिकामाथि ४ विकेटको सनसनीपुर्ण जित दर्ता गर्दै इतिहासमै पहिलोपटक फाइनलमा स्थान सुरक्षित गरेको थियो भने अष्ट्रेलियाले साविक विजेता भारतलाई ९५ रनको फराकिलो अन्तरले पाखा लगाउदै फाइनलमा न्युजिल्यान्ड सँगको भेट पक्का गरेको थियो । उपाधिका लागि एक अर्कालाई पाखा लगाउने योजनामा रहेका यि दुई टिम बिचको बिश्वकप इतिहास भने फरक छ ।
अष्ट्रेलिया किर्तिमानी पाँचौं पटक उपाधि जित्ने योजनामा छ भने न्युजिल्यान्ड पहिलो पटक विश्व बिजेता बन्ने दाउमा छ । इतिहांसलाइ हेर्ने हो भने अष्ट्रेलिया बलियो देखिन्छ । यी दुई टोलिबिच अहिलेसम्म १ सय २६ एक दिवसिए खेल हुँदा ८५ खेल अष्ट्रेलियाले जितेको छ भने ३५ खेल न्युजिल्यान्डले जितेको छ ।

त्यसैगरी बिश्वकप इतिहाँसमा नौं पटक यि दुई टोली आमने सामने हुँदा ६ खेल अष्ट्रेलियाले जितेको छ भने ३ खेल न्युजिल्यान्डले जितेको छ । जारी बिश्वकपको समुह चरणमा न्युजिल्यान्डले अष्ट्रेलियामाथि जित निकालेको हुदा न्युजिल्यान्डको मनोबल केहि उच्च रहेको छ । तर न्युजिल्यान्डले जारी बिश्वकपको सम्पुर्ण खेलहरु घरेलु मैदानमा खेलेको हुनाले उसलाई मेलबर्न क्रिकेट मैदानको परिबेस केहि असहज लाग्न सक्छ ।

अष्ट्रेलियालाई भने घरेलु दर्शकको साथ र परिचित पिचको फाइदा पुग्ने देखिन्छ ।
यि दुई टोलिबिचको फाइनल खेलको पुर्वानुमाउन लगाउन कठिन भएपनि अष्ट्रेलियाको अनुभव र न्युजिलयान्डको नयाँ जोस भने हेर्न लायक हुनेछ ।

लाईभ स्कोर हेर्न यहाँ क्लिक गर्नुहोस्

सम्बन्धित खबरहरु

एकैदिन ९ जना मृत अवस्थामा फेला
  • शनिवार १० असोज, २०७७
दुर्घटनामा चार जनाको मृत्यु
  • शनिवार १० असोज, २०७७