सभाध्यक्षको अल्टिमेटम आज सकिदै, प्रचण्ड र प्रधानमन्त्रीबीच छलफल

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार १५ चैत, २०७१

susil koirala prachanda

जनबोली/ १५ चैत, काठमाडौ । प्रधानमन्त्री स्शील कोइराला र एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहालबीत आज भेटवार्ता हुने भएको छ । संविधानका विवादित अन्र्तबस्तुमा सहमति जुटाउनेबारे छलफल गर्न प्रधानमन्त्री कोइराला र एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डबीच छलफल भइरहेको जनाइएको छ ।

बिहान ९ वजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा संविधानका विवादित विषयमा सहमतिको विन्दुबारे छलफल भइरहेको प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिए । प्रधानमन्त्री र प्रचण्डबीच छलफल सकिएपछि आइतबार नै प्रमुख दलहरुको छलफल हुन सक्ने सम्भावना रहेको उनले बताए । यसअघि शनिबार संविधान निर्माण अघि बढाउने विषयमा प्रधानमन्त्रीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उनकै निवासमा पुगेर भेटेका थिए ।

संविधानका अन्तर्वस्तुमा सहमति गर्न संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले दलहरुलाई दिएको अल्टिमेटम आइतबार सकिदैछ । तीन दिनअघि संविधानसभाका प्रमुख दलका सचेतकहरुलाई बोलाएर नेम्वाङले आइतबार साँझसम्म सहमति नगरे बैठक बोलाउने चेतावनी दिएका थिए ।

सम्बन्धित खबरहरु