नेपाली राजनीति आजैबाट सकारात्मक मोडतर्फ : प्रचण्ड/प्रधानमन्त्री भेटवार्ता

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार १५ चैत, २०७१

susil koirala prachanda

जनबोली/ १५ चैत, काठमाडौ । संवादहिन अवस्थामा पुगेको राजनीतिले सकारात्मक मोड आउछ की भन्ने संकेत देखाएको छ । चैत १५ गते शुभबिहानीको लालि नेपाली भूमिमा छाँउदै गर्दा प्रधानमन्त्री निवास बालुवाटार पुगेका एनेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली राजनीतिमा आज बेलुका सम्ममा सकारात्मक परिणाम आउने प्रतिक्रिया दिएसँगै फेरी नयाँ मोड आउने हो की भन्ने आशा पलाएको छ । तर भरोसा भने हैन ।

बिहान ९ बजे नै प्रधानमन्त्री सुशील कोइरालासँग छलफल गर्न प्रधानमन्त्री निवास पुगेका प्रचण्डले छलफल सकारात्मक भएको प्रतिक्रिया दिएका थिए । उनले संविधानका अन्र्तवस्तुमा सहमति खोज्ने विषयमा प्रधानमन्त्री सकारात्मक भएकाले बेलुका सम्ममा सकारात्मक परिणम आउने विश्वास व्यक्त गरेका हुन् । उनले भने प्रधानमन्त्री सकारात्मक देखिनुभएको छ, कांग्रेस एमालेले बेलुका सम्म केही निर्णय लिने संकेत देखेको छु त्यसो भए आन्दोलनका कार्यक्रम पनि फिर्ता लिएर दलहरु छलफलमा जुट्ने छौ ।
अवरुद्ध संविधान लेखन प्रक्रिया अगाडि बढाउने उपाय खोज्न प्रधानमन्त्री सुशील कोइराला र एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो । बालुवाटारमा भएको भेटमा लामो समयदेखि रोकिएको संविधान सभाको बैठक सुचालु गर्ने र विपक्षी मोर्चाको आन्दोलन फिर्ता लिनेबारे कुरा भएको थियो ।

कांग्रेस–एमालेले आज १ बजे अघि नै कुनै सकारात्मक निर्णय लिए विपक्षी मोर्चाको आन्दोलन आजै फिर्ता हुने जानकारी दिँदै प्रचण्डले अन्यथा आज बेलुकासम्ममा कुनै न कुनै सकारात्मक परिणाम आउने विश्वास बढेको जानकारी दिएका थिए ।

सम्बन्धित खबरहरु