नेकपा नेतालाई स्वाइन फ्लु : एयस एम्बसलेन्सबाट उपचारका लागि भारत लगिने

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार १५ चैत, २०७१

ramnath dhakal
जनबोली/ १५ चैत, काठमाडौँ । नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा लुम्बिनी इन्चार्ज रामनाथ ढकाललाई स्वाइन फ्लुको संक्रमण देखा परेको छ । स्वाइन फ्लुबाट गम्भिर रुपमा अस्वस्थ्य भएका नेता ढकाललाई आज उपचारका लागि भारतको नयाँ दिल्ली लैजाने तयारी गरिएको छ । हाल धापासीस्थित ग्रान्डी अस्पतालमा भर्ना भएका उनलाई निमोनिया र स्वाइन फ्लु भएको पारिवारिक स्रोतले जनाएको छ ।

चिकित्सकको सुझावअनुसार नयाँ दिल्लीको मेदान्त अस्पतालका लागि थप उपचार गराउने तयारी भएको एमाले केन्द्रीय सदस्य खिमलाल भट्टराईले जानकारी दिए । व्यवस्थापिका(संसद्, राज्य व्यवस्था समितिका पूर्वसभापति समेत रहेका ढकाललाई भारतबाट एअर एम्बुलेन्स आएपछि आज अपराह्न त्यसतर्फ लगिनेछ ।

सम्बन्धित खबरहरु