बालिका बेपत्ता भएपछि अर्घाखाँची किमडाँडाका बासिन्दाहरु आतंकित

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार १५ चैत, २०७१

balika

जनबोली/ १५ चैत, अर्घाखाँची । गत चैत १२ गते विद्यालयबाट अध्ययन गरी घर फर्कँदै गरेकी ९ वर्षिया बालिका एकाएक बेपत्ता भएपछि अर्घाखाँची जिल्लाको किमडाँडाका बासिन्दाहरु यतिबेला आतंकित भएका छन् । बालिका बेपत्ता भएपछि स्थिति तनावग्रस्त भएको हो । सन्धिखर्क नगरपालिका ११ अन्तर्गत किमडाँडा बासपाटा घर भई किमडाँडाको लमलमेको जीवनज्योती प्राविमा कक्षा ३ मा पढ्दै गरेकी बालिका सम्झना के.सी. बुधबार दिउँसो ४ः१५ बजे विद्यालयबाट घर फर्कदै गर्दा विद्यालयको पोशाक र कापी किताबसहित एकाएक बेपत्ता भएकी हुन् ।

विद्यालयमा गएकी बालिका साँझसम्म घरमा नआएपछि घर परिवार र स्थानिय छरछिमेकीले व्यापकरुपमा खोजी गरेका थिए । पढाईमा निकै तेज रहेकी बालिका एकाएक बेपत्ता भएपछि स्थानिय बासिन्दाहरु आफ्ना छोराछोरीहरुलाई विद्यालयमा पठाउन समेत डराएका छन् । बालिका कहाँ कुन अवस्थामा छिन् भन्ने बारेमा हालसम्म कुनै अनुसन्धान हुन नसकेपनि बालिकाको किताब कपी भने अर्घाको मैदानमा डाठको थुप्रोमा लुकाईराखेको अवस्थामा भेट्टाईएको पारिवारिक स्रोतले जनाएको छ ।

सम्बन्धित खबरहरु