सन्नी लियोनी त, भन्छिन् : बलात्कारी पुरुष राक्षस हुन् !

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार १५ चैत, २०७१

जनबोली/ १५ चैत, मुम्बई । पूर्व पोर्न स्टार तथा बलिउड अभिनेत्री सन्नी लियोनीले महिलाहरुमाथि हिंसा दुव्र्यवहार गर्ने पुरुष राक्षसको रुप भएको बताएकी छिन् । एक कार्यक्रममा उनले सामाजिक परम्पराले महिलामाथि हिंसा हुने गरेको बताउँदै समाजमा दानवरुपी मानवले महिलाहरुमाथि दुव्र्यवहार बढेको बताईन् । उनले भनिन् ‘महिलामाथि दुव्र्यवहार, जबरजस्ती गर्ने पुरुष एक खतरनाक राक्षस हो ।’ बलात्कारी पुरुषलाई मर्द मान्ने संस्कृतिले पनि दुब्र्यबहारको घटना बृद्धि भएको उनको बुझाई छ ।Sunny_ssari
यदी आफूलाई पुरुषले मर्द ठान्छ भने त्यसले महिलाको सम्मान गर्न सिक्नुपर्ने सन्नीको धारणा छ । उनले महिलामाथि हुने हिंसा दुव्र्यवहार, बलात्कार जस्ता घटना जघन्य अपराध भएको बताउँदै दोषीलाई कडा कारवाही गर्नुपर्ने बताईन् । अन्यायको बिरुद्ध नबोल्नु पनि अपराध सरह हो । त्यसकारण पुरुषहरुले पनि आफुमाथि अन्याय भएको कुरा बोल्नुपर्ने उनको भनाई थियो ।

सम्बन्धित खबरहरु