फेसन बन्दैछ ड्रग्स

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार १५ चैत, २०७१

बाबुराम भण्डारी/ साँझको समय थियो । म खुमलटार स्थित कृषि अनुसन्धान केन्द्रको चौरमा साथीलाई कुरेर बसिरहेको थिएँ । साँझ परिसकेको थियो । त्यही समयमा १८ १९ वर्षकी जस्ती थकित मुद्रामा देखिने किशोरी मेरो समिपैमा आएर मोबाईल चलाउन थालिन् । म भने तीनको चर्तिकला अवल्म्बन गर्दै थिएँ । हठात् ती युवती आफ्नो साथमा भएको झोला त्यही छोडी पोखरी जस्तै सतहभन्दा भन्दा गहिरो देखिने खेततिर लागिन् । एक्स्क्युज मी ! भनेर ती युवतीले मलाई डाकिन् र झोला ख्याल गर्दिनुहोला भनेर ती युवति चारै तर्फ बुट्यानले घेरिएको खेत तर्फ लम्कीईन् । झोला छाडेर ती युवती किन त्यता गईन् भन्ने कुराले मनमा कौतुहल उत्पन्न भयो । आधा घण्टा समय बितिसक्दा पनि उनी आइनन् । उनी किन आइनन्?

लगत्तै ती युवती लस्याङफस्याङ गर्दै आईपुगिन् । परैबाट नियाल्दा नीजको साथमा केही सामाग्री भएको मैले पाएँ । नजिक आईपुग्दा प्रष्ट भएँ कि तीनको हातमा सिरिन्ज थियो । ती युवती झाडी तर्फ लम्किइन् । त्यहाँ अचानक उनले त्यो वस्तुलाई बायाँ हातको पाखुरीमा जबर्जस्ति असह्य तरिकाले घोच्न थालीन् । अनि मात्र मलाई थाहा भयो कि ती किशोरी सिरिन्ज अर्थात् सुई मार्फत् लागुपदार्थको दुव्र्यसनीमा फसेकी रहिछन् भनेर । त्यो जवान केटीले सिरिन्ज प्रयोग गर्छे भनेर मैले सोचेको थिईन अर्थात् उसको शारीरिक पहिरनहरु सब पुराना झुत्रा जस्ता थिए । सधैँ लागुपदार्थ प्रयोग गर्न प्रशस्त पैसा भएझैँ लागेन ।

11083636_1420345731600648_6701287229690885913_n

बाबुराम भण्डारी

सायद खराब संगतले गर्दा आज यस अवस्थामा पुगेकी होलीन् । केही समय अगाडि राति अबेर घर फर्कँदै गर्दा सातदोबाटो बास्केटबलमा ग्राउण्डमा एक युवक अचेत अवस्थामा भेटिँदा उसको साथबाट सिरिन्ज, गाँजा र खैरो हेरोइन भेटिएका थिए । त्यो स्थान गलत कार्यको लागि प्रयोग भएको मैले पाएँ ।

एउटा मन्दविष जसलाई नेपालीमा लागुपदार्थ र अंग्रेजीमा ड्रग्स् भनिएको छ । नेपाली बृहद् शब्दकोषमा लागुपदार्थ जसको संरचना लाग+उ, त्यो शब्द जसको अर्थ मादक वस्तु वा पदार्थ गाँजा, भाङ्, चरेस, अफिम, रक्सी हुन् भनेर पनि लेखिएको छ । कक्षा १० मा हामीले वृत्तको साध्य (थेओरम) पढेका थियौँ–वृत्तको कुनै जीवामा खिचिएको लम्बले जीवालाई आधा गर्छ भनेर । यो सिद्धान्त त अहिलेका युवापुस्तामा परिवर्तित भएर यसरी प्रयोग भएको मैले भेटेँ । वृत्ताकार चौरमा लुकेर प्रयोग गरेको गाँजा तथा ड्रग्स्ले दिमागलाई आधा गर्छ । अक्सफोर्ड एडभान्स् लर्नर्स् डिक्सनरी अनुसार ड्रग्स् एउटा अवैध र बन्देज चीज हो त्यसलाई केही मानिसहरु मानसिक र बौद्धिक प्रभावका लागि प्रयोग गर्दछन् भनी उल्लेखित छ । पृथ्वीको गुरुत्वप्रवेग जनाउने ‘जी’ लाई आजकल युवाहरु गाँजा भन्दैछन् जसको मान ९.८ मिटर प्रतिवर्ग सेकेन्ड छ तर गाँजाले ९ मिनेट ८ सेकेन्डमा नै काम गर्न सुरु गरिहाल्छ । महेन्द्र संस्कृत विश्वविद्यालयको संस्कृत–नेपाली शब्दकोषमा लाुपदार्थलाई मादनिय भनि प्रयोग गरिएको छ जसको अर्थ हुन्छ त्यस्तो चिज खानाले नशा दिन्छ ।

आजका युवा, युवति, महिला र पुरुषहरु चाल्र्स डार्विनले कीरा फट्याङ्ग्रा खोजे जस्तै गाँजा, ड्रग्स खोज्न आफ्नो समय खेर फाल्दैछन् । जताततै यस्ता कार्य गरेको देख्न पाईन्छ । यसले नयाँ पुस्तालाई दिने सन्देश के हो त? नयाँ पुस्ताले पनि सिक्ने त त्यही हो नि । ड्रग्सले उल्टो पिरामिड जस्तै मानव लक्ष्यलाई उल्टो दिशातिर धकेलिरहेको छ । सम्पादनको सिद्धान्तलाई एडिकहरुले प्रयोग गरिरहेका छन् । पहिला यिनीहरुले परिक्षण गर्छन् स्वाद प्रष्ट पार्छन् र ड्रग्सले पुरै दिमागलाई ठोस बनाउँछ । यहाँ निरन्तर रुपले ड्रग्स प्रयोग गर्नेलाई एडिक् भनिएको छ । “आहारशुद्धौ सत्व शुद्धि” अर्थात् यदि मनलाई शुद्ध बनाउने ईच्छा छ भने शुद्ध आहार प्रयोग गर्न आवश्यक छ । ड्रग्स आजभोलि फेसन बन्दै गईरहेको छ नेपाली समाजमा । यहाँका धेरै मानिसहरु राम्रो कुरा अनुसरण गर्दैनन् र अपरिपक्व पहिरन लगाएर ड्रग्स प्रयोग गर्दैमा आपूmलाई थर्ड जेनरेसन भन्नमा घमण्ड गर्दै हिँड्छन् । यो त गड्यौलालाई तरकारी पकाएर खानु जस्तै हो, व्यर्थको । नेपाली युवाहरु भन्ने गर्छन् महादेवले पनि गाँजा खाएकै हुन्, म बब मार्लि, माईकल ज्याक्सनको फ्यान हूँ । उनीहरुले गाँजा खाए, ड्रग्स लिए । यी व्यक्तिहरुको कामले प्रशंसा पाएको छ, यिनीहरुले प्रयोग गर्ने लागुऔषधले होइन ।

मुलुकमा कायापलट भयो, नेता फेरिए । जुन जोगी आएपनि कानै चिरेका भनेझैँ कसैलाई पनि रति पनि चिन्ता छैन कि युवाहरु के गर्दैछन् भनेर । उनीहरु त केवल आफ्नो स्वार्थकोलागि युवाहरुलाई भ¥याङ् बनाएर अगाडि बढ्दैछन्् । राजनीतिको ‘ओभर डोज्’ अर्थात् अत्यधिक प्रयोगले गर्दा युवा र रोजगारको अवसर समानान्तर रेखाजस्तै भएपछि कहिले भेट्टाउने युवाहरुले जागिरलाई? हो, यही बेरोजगारी नै प्रमुख कारण हो । जसले युवाहरुलाई ड्रग्स प्रयोग गर्न बाध्य तुल्याएको छ । साथै संगत तथा ड्रग्सजन्य वातावरणको प्रभावले गर्दा चुम्बकले फलामलाई तानेझैँ युवाहरुलाई ड्रग्सले दिनप्रतिदिन तान्दै छ । अहँ ! रेकिएको छैन, ड्रग्स भित्रिरहेको छ । तस्करहरुको बिगबिगी छ, विभिन्न नाका प्रयोग हुँदै लागुपदार्थ भित्रिन्छन् । सरकार लाचार छ । अहिलेको परिप्रेक्ष्यमा वातावरण र ड्रग्स निर्यातलाई अर्थिङ गर्नु जरुरी छ । नेपालमा ड्रग्स भित्रिनु फ्लेमिङ्गको दायाँ हातको नियम जस्तै भएको छ, सरकारले रोक्नुपर्छ यस्ता पदार्थलाई विक्रीवितरण गर्न अनि नेपाल भित्रिन दिनुहुँदैन यस्ता ड्रग्स जस्ता मन्दविषलाई । यदि सरकारले रोक्न सक्दैन भने (निश्चित समयमा मृत्युभएका युवाको संख्यालाई मध्यवर्षको जनसंख्याले भाग गरेर आएको प्रतिफललाई १००० ले गुणा गर्ने) यो सूत्र लगाएर लागुऔषधबाट ज्यान गुमाएका युवाहरुको गणना गर्न सुरु गरे हुन्छ ।

यहाँ दोष सरकारको मात्र छैन, दोष उसको पनि छ जो ड्रग्स प्रयोग गरिरहेको छ । मर्ने त्यही हो जसले विष खाएको छ अर्थात् ड्रग्स प्रयोग गरेको छ । दुई दिनको आनन्द र फेसनको लागि प्रयोग गरिएको ड्रग्सले जिन्दगी भर आफुलाई त रुवाउँछ नै साथै परिवारलाई पनि असह्य पीडा दिन्छ । अतः वर्तमान समयमा बढिरहेको विकृति विसंगति अर्थात् ड्रग्सजन्य पदार्थको विक्रिवितरणमा रोक लगाउन सरकार सहित सम्बन्धित निकायले ध्यान दिनु आवश्यक छ कि?

सम्बन्धित खबरहरु

भारतमा भर्खरै भूकम्प
  • सोमबार ५ असोज, २०७७