प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाको लाठ्ठी जुलुसमा झडप, एक दर्जन प्रदर्शनकारी घाइते

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार १५ चैत, २०७१

Lathi julos
जनबोली/ १५ चैत, चितवन/पोखरा । गहमन्त्रालयको आपत्ति बावजुद एनेकपा माओवादी नेतृत्वको ३० दलिय प्रतिपक्षी मोर्चाले निकालेको लाठि जुलुसमा प्रहरी र प्रदर्शकारीबीच झडप भएको छ । चितवनको नारायणगढस्थित लायन्सचोकमा ३० दलीय मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो ।
केन्द्रीय कार्यक्रम अनुरुप मोर्चाले लायन्चोकदेखि पुलचोकसम्म निकाल्न लागेको लाठ्ठी जुलुसमा प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको हो । लाठ्ठीसहित नाराबाजी गर्दै जुलुस पुल्चोकतर्फ अघि बढ्न खोजेपछि प्रहरीले प्रदर्शनकारीमाथि लाठ्ठी नै वर्षाएको हो । प्रहरीको लाठ्ठीचार्जबाट करिव एक दर्जन प्रदर्शनकारीहरु घाइते भएका छन् ।

थुप्रै प्रदर्शनकारीलाई प्रहरी गिरफ्तार समेत गरेको एमाओवादी चितवनका अध्यक्ष यमबहादुर परियारले जानकारी दिए । प्रहरीको लाठ्ठी चार्जपछि प्रदर्शनकारीहरुले प्रहरीमाथि ढुंगा प्रहार समेत गरेको थियो । अहिले लायन्सचोक क्षेत्र तनावग्रस्त बनेको छ । यता, पोखराको न्युरोडमा पनि एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाका कार्यकर्ताहरुको लाठी जुलुस प्रदर्शनको क्रममा झडप भएको छ । झडपमा केही प्रदर्शनकारी र प्रहरी समेत घाइते भएका छन् । लाठी जुलुस बगर, चिप्लेढुंगा हुँदै न्यूरोड पुगेका बेला प्रहरीले हस्तक्षेप गरेको थियो ।

मोर्चाका कार्यकर्ताहरुले पसलका सटरहरुमा लाठी हान्दै बन्द गर्न दवाव दिएपछि प्रहरीले हस्तक्षेप गरेको थियो । त्यसक्रममा समाचार संकलनका लागि गएका कान्तिपुर टेलिभिजनका पत्रकार इन्द्र पौडेल पनि घाइते भएका छन् । मोर्चाका कार्यकर्ताहरुले पत्रकार महासंघ काँस्कीका सल्लाहकार राजबहादुर गुरुङ्गको पार्किङ्ग गरी राखेको कारमा पनि तोडफोड गरेका छन् ।

सम्बन्धित खबरहरु

तयार रहनुहोस् : हुने भयो परीक्षा
  • मङ्गलबार ६ असोज, २०७७