अब सशस्त्र प्रहरी बलले देशभरका सबै मेसमा वायोग्यास प्लान्ट राख्ने

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार १५ चैत, २०७१

APF 2

जनबोली/ १५ चैत, काठमाडौं । सशस्त्र प्रहरी बलले आगामी तीन वर्षभित्र देशभरका आफ्ना सवै इकाईहरुमा खाना पकाउन वायोग्यास प्रयोग गर्ने भएको छ । जस अन्तर्गत पहिलो चरणमा यसै आर्थिक वर्षमा आगामी तीन महिनाभित्र सशस्त्र प्रहरी बलको २० इकाईमा तथा अर्को आर्थिक वर्षमा ८५ ठाउँमा र त्यसको अर्को आर्थिक वर्षमा पुनः ८५ ठाउँमा वायोग्यास प्लान्ट निर्माण गरिनेछ ।

नविकरणीय उर्जाको रुपमा रहेको वायोग्यासको प्लान्ट निर्माणपछि बलको सवै मेसमा पहिलो चरणमा उक्त ग्यास खाना पकाउनको लागि प्रयोग गरिनेछ । वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रको प्राविधिक सहयोग तथा ६० प्रतिशत अनुदानमा निर्माण गरिने वायोग्यास प्लान्टको प्रयोगबाट निस्कने फोहोर अर्गानिक मलको रुपमा प्रयोग हुने हुँदा दोहोरो फाइदा हुने बुझाई सशस्त्र प्रहरी बलको छ । उक्त वायोग्यास प्लान्टको निर्माणका लागि सशस्त्र प्रहरी बल र वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्र बीच आइतबार बलको प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
उक्त कार्यक्रममा विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयका सचिव कृष्णचन्द्र पौडेलले मानवजातिले विलासिताका क्रममा प्राकृतिक श्रोतको सही ढंगले उपयोग नगर्दा जलवायु परिवर्तनको जोखिम झेल्नु परिरहेको चर्चा गर्दै सुरक्षा निकायमै पहिलो पल्ट सशस्त्र प्रहरी बलले आफ्ना सवै मेसमा खाना पकाउन वायोग्यासको प्रयोग गर्न लागेकोमा एपीएफको प्रयासको प्रशंसा गरे । सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तले वायोग्यासलाई मेसमा उपयोग गर्दै वातावरण संरक्षणमा संगठनको तर्फबाट योगदान पु¥याउने प्रयास गरिएको चर्चा गर्दै वायोग्यासलाई ब्यारेकहरुमा खाना पकाउन उपयोग गरिदा खर्चमा कटौती हुनुका साथै वातावरण संरक्षणमा समेत मद्दत गर्न सकिने तथा मानव स्वास्थ्यमा समेत सहयोग पुग्ने चर्चा गरे ।

कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक दुर्जकुमार राई र वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धितालले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सो कार्यक्रम सशस्त्र प्रहरी बलको ‘लाइभ भिडियो स्ट्रिमिङ’ मार्फत सशस्त्र प्रहरी बलका सवै इकाईहरुमा प्रत्यक्ष प्रसारण गरिएको थियो । सशस्त्र प्रहरी बलका मेसहरुमा खाना पकाउन हाल एलपी ग्यासको प्रयोग भइरहेको तथा जाडो एवं गर्मीयाम र ठाउँअनुसार ग्यासको खपतमा कमबेसी हुनेमा करीव पाँचसय जनाको लागि खाना पकाउँदा सालाखाला तीन लाख रुपैयाँ बराबरको ग्यास मासिक रुपमा खर्च हुनेगरेको छ । एपीएफको मेसहरुलाई आत्मनिर्भर तुल्याउने क्रममा पहिलो पल्ट जडान गर्न लागिएको वायोग्यास प्लान्टको निर्माणपछि खर्चमा कटौती भई डेढ वर्षदेखि दुईवर्षको अवधिमा लगानी उठ्ने र त्यसपछि एलपी ग्यासको खर्च पूर्णरुपमा बचत हुनेछ ।

सशस्त्र प्रहरी बलले आफ्नो जिम्मेवारीहरु निर्वाह गर्दै वातावरण संरक्षणमा योगदान पु¥याउने अभिप्रायले विगत दुई वर्षदेखि आफ्ना सवै इकाईहरुमा वृक्षारोपण समेत गरिरहेको छ । यसैक्रममा देशभरमा गरी हाल करीव डेढ लाख रुख रोपेर सोको संरक्षण गरिरहेको छ भने रुख रोप्ने क्रम जारी रहेको छ । काठमाडौं शहरको हरियाली संरक्षणमा समेत स्वस्पूmर्त योगदान पु¥याइ बोटबिरुवा संरक्षणतर्फ स्थानीयलाई सचेत गराएको सशस्त्र प्रहरी बलले बागमती सफाई महाअभियानमा सुरुदेखि नै सक्रिय सहभागिता जनाउँदै हालसम्म करीव दश हजार जनशक्ति सरसफाईमा खटाइसकेको छ । यसैगरी बलले विभिन्न चार्डपर्वहरुको अवसर पारेर देशभरिकै स्थानीय मठमन्दिर तथा नदी तलाउहरुको सरसफाईमा समेत योगदान पु¥याएको छ ।

APF

सामाजिक कार्य अन्तर्गत यस्ता कार्य गर्दै बलले संचालन गरेको जनाचेतनामूलक कार्यक्रमहरुमा बोटबिरुवाको महत्व र संरक्षण सम्बन्धी कक्षा समेत संचालन गरेको छ । उक्त सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु दुर्जकुमार राई, जीवनकुमार थापा, कृष्णकुमार तामाङ्ग र सिंहबहादुर श्रेष्ठ लगायत बलका बरिष्ठ अधिकृतहरु तथा वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रका कार्यकारी निर्देशक रामप्रसाद धिताल लगायत सोही केन्द्रका अन्तर्राष्ट्रिय बरिष्ठ प्राविधिक सल्लाहकार जार्टन गुल्ब्रा तथा सोही केन्द्रका प्रकाश अर्याल, उत्तम झा र सुशील अमात्यको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबरहरु