न्युजिल्याण्डलाई ७ विकेटले पराजित गर्दै अष्ट्रेलियाले चुम्यो, पाँचौ पटक विश्वकप क्रिकेटको किर्तीमानी उपाधि (फोटो फिचर)

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार १५ चैत, २०७१

जनबोली/ १५ चैत, काठमाडौ । विश्वकप क्रिकेट २०१५ को आयोजक राष्ट्र अष्ट्रेलियाले किर्तीमानी पाँचौ पटक विश्वकप क्रिकेटको उपाधि जित्न सफल भएको छ । आइतबार सह आयोजक राष्ट्र न्युजिल्याण्डलाई हराँउदै सन् २०१५ को विश्वकपको उपाधीपनि चुमेसँगै अष्ट्रेलियाले पाँचौ पटक उपाधि हात पार्न सफल भएको हो ।

अष्ट्रेलियाको मेलबर्नमा आइतबार भएको फाईनल खेलमा न्युजिल्याण्ड ७ विकेटले पराजित भयो ।
टस जितेर पहिले व्याटिङ गरेको न्युजिल्याण्डले दिएको १ सय ८४ रनको झिनो लक्ष्य अष्ट्रेलियाले ३४ औं ओभरमा ३ विकेट गुमाएर पुरा गर्‍यो । अष्ट्रेलियाको लागि कप्तान माईकल क्लार्कले ७४ रनको महत्वपुर्ण पारी खेले । यसैगरी स्टेभेन स्मिथले अविजित ५६ रनको योगदान दिए ।

यसअघि पहिले व्याटिङ गरेको न्युजिल्याण्डले ४५ ओभरमा अलआउट हुनुपुर्व १ सय ८३ रन बनाएको थियो । न्युजिल्याण्डको लागि ग्रान्ट ईलियोटले ८३ रन जोडेभने रोस टेलरले ४० रनको योगदान दिए । न्युजिल्याण्डका ५ जना व्याट्सम्यानहरुले खाता खोल्न नसकेको ईनीङलाई ध्वस्त पार्नेक्रममा बलीङतर्फ अष्ट्रेलियाका जेम्स फक्नर र मिचेल जोन्सनले ३(३ विकेट लिए भने मिचेल स्टार्कले २ विकेट लिए ।

जीतसँगै अष्ट्रेलिया पाँच पटक विश्वकप क्रिकेटको उपाधि जित्ने पहिलो टोली बनेको छ । सन् १९८७ मा पहिलो पटक विश्वकप क्रिकेटको उपाधि जितेको अष्ट्रेलिया त्यसपछि १९९७, २००३ र २००७ मा विश्व क्रिकेट च्याम्पियन बनेको थियो । उता न्युजिल्याण्डको भने पहिलो पटक विश्व च्याम्पियन बन्ने सपना चकनाचुर भएको छ । यसअघि फाईनलमा पुग्न समेत नसकेको टोली न्युजिल्याण्डले यसपालि भने प्रतियोगिताको सह आयोजकको रुपमा निकै आशालाग्दो प्रदर्शन गरेको छ ।

सम्बन्धित खबरहरु