पोर्चुगलद्वारा सर्बिया पराजित

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार १६ चैत, २०७१

Portugal-Vs-Serbia-1024x461१६ चैत, काठमाडौं । युरो कप छनोट फुटबलमा पोर्चुगलले सर्वियालाई पराजित गरेको छ ।

आइतबार राति भएको खेलमा पोर्चुगलले २–१ को जित हात पारेको हो । जितसँगै पोर्चुगल ९ अंकका साथ समूह आइको शीर्ष स्थानमा उक्लिएको छ ।

खेलमा पोर्चुगलले १० औं मिनेटमा कार्भालिहोको गोलबाट अग्रता लिएको थियो । तर, दोस्रो हाफको ६१ औं मिनेटमा माटिकले बराबरी गोल गरे ।

खेलको ६३ औं मिनेटमा कोएन्ट्रोले गोल गर्दै पोर्चुगललाई २–१ को जित दिलाए ।

सम्बन्धित खबरहरु