अन्सनरत डा. केसी भेट्न अध्यक्ष दाहाल महाराजगंजको टिचिङ असपतालमा

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार १६ चैत, २०७१

prachanda janaboliकाठमाडौं । चिकिल्साशास्त्र अध्ययन संस्थानको सुधारकालागि विभिन्न १० बुँदे माग सहित अनसनरत चिकित्सक डा. गोविन्द केसीलाई भेट्न एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल त्रिवि शिक्षण अस्पताल महाराजगंज पुगेका छन् ।

चिकित्सक डा. केसीको अनसनमा ऐक्यवद्धता जनाउन अध्यक्ष प्रचण्ड त्यहाँ पुगेका हुन् । अध्यक्ष प्रचण्डले हिजो प्रधानमन्त्रलिाई भेटी डा. केसीको माग पुरा गराउन आग्रह गरेका थिए ।

यस अघि पुर्व प्रधानमन्त्रीहरु माधबकुमार नेपाल, बाबुराभ भट्टराई, कांग्रेस उपसभापति रामचन्द्र पौडेल लगायतका शिर्ष नेताहरुले पनि उनको आन्दोलनप्रति ऐक्यवद्धता प्रकट गरिसकेका छन् । डा. केसी आठ दिनदेखि अनसनमा छन् ।

सम्बन्धित खबरहरु

दुई पुरुष मृत अवस्थामा फेला
  • शनिवार ३ असोज, २०७७
दुर्घटनामा ७ जनाको मृत्यु
  • शनिवार ३ असोज, २०७७