पाँच जिल्ला विवाद; गाँठो नफुकेपछि…

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार १६ चैत, २०७१

Dalकाठमाडौं । प्रमुख राजनीतिक दलहरुले पूर्वका तीन र पश्चिमका दुई जिल्लाको विवाद नमिल्दा संविधानसभा अध्यक्ष सुवास नेम्वाङले दिएको समयसिमा भित्र सहमति जुटाउन सकेनन् ।

प्रमुख चार दलको एउटै औपचारिक बैठक नबसी सभाध्यक्षले दिएको समय सिमा सकिएको हो । उनीहरुबीच आइतबार औपचारिक वाार्ता बस्ने तयारी त थियो तर कुरा नमिलेपछि बस्न सकेन ।

सहमति नभएपछि विपक्षी मोर्चाको आइतबार बसेको बैठकले आन्दोलनलाई उचाइ पुर्यारउने निर्णय गरेको र सत्तापक्षले वार्तासँगै संविधानसभामा संविधानसभाको प्रक्रिया अघि बढाउने निष्कर्षमा पुगेपछि पुनः राजनीतिक दुरी र गतिरोध बढेको छ ।

दलहरुबीच सहमति नभएपछि समाध्यक्ष नेम्बाङले संविधानसभाको बैठक बोलाए । दलहरुको सहमतिका लागि भन्दै माघ २९ देखि अनिश्चितकालका लागि संविधानसभाको बैठक रोकिएको थियो ।

कांग्रेस र एमाले नेतृत्वसंग भएको चरणबद्ध अनौपचारिक छलफलमा पाँच जिल्लाका विवादलाई हल गर्न विभिन्न विकल्पमा छलफल भएका थिए । आजको कान्तिपुरमा समाचार छ ।

सम्बन्धित खबरहरु

दुई पुरुष मृत अवस्थामा फेला
  • शनिवार ३ असोज, २०७७
दुर्घटनामा ७ जनाको मृत्यु
  • शनिवार ३ असोज, २०७७