धरानको सामुदायीक वन कार्यालयमा (विप्लव) केन्द्रिय कमिटी बैठक सुरु

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार १६ चैत, २०७१

biplov 1धरान । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा माओवादीको केन्द्रिय कमिटी बैठक धरानको हरियाली सामुदायीक वनको कार्यालयमा सुरु भएको छ ।

सरकारविरुद्ध कडा आन्दोलनको तयारीस्वरुप बैठक सुरु भएको हो । बैठकस्थलमा इलाका प्रहरी कार्यालय धरानले प्रहरी परिचालन गरेको छ ।

शनिबार सुरु माओवादीको गोप्य बैठकबारे प्रहरीले आइतबारमात्र सूचना पाएको थियो ।बैठकको जानकारी पाउनासाथ परिचालित प्रहरीलाई माओवादी कार्यकर्ताहरुले बैठकस्थलभित्र पस्न दिएका छैनन् ।

सरकार विरोधी कार्यक्रम र पार्टीको भावी रणनीतिबारे बैठक छलफल भइरहेको बुझिएको छ । सो पार्टीका सुनसरीस्थित नेता जसकुमार राईले बैठक शनिवारदेखि सुरु भएको पुष्टि गरेका छन् ।

उनले बैठक सोमबार सम्पन्न हुनेपनि जानकारी दिए । बैठकस्थलमा पत्रकारलाई समेत प्रवेशमा रोक लगाइएको छ । आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।

सम्बन्धित खबरहरु

दुई पुरुष मृत अवस्थामा फेला
  • शनिवार ३ असोज, २०७७
दुर्घटनामा ७ जनाको मृत्यु
  • शनिवार ३ असोज, २०७७