डा. केसीको अनसनमा एमाओवादी समर्थन, प्रधानमन्त्रीलाई तत्काल माग सम्बोधन गर्न प्रचण्डको आग्रह

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार १६ चैत, २०७१

prachanda janaboliजनबोली १६ चैत, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्ड विगत नौ महिनादेखि अनसनरत डा. केसी भेट्न टिचिङ अस्पताल महारागञ्ज पुगेका छन् । भेटमा अध्यक्ष दाहालले केसीको स्वास्थस्थिति बारे बुझ्दै केसीको अनसननमा समर्थन गर्ने बताएका छन् ।

आज विहान अनसन स्थलमा गएर उनले तत्काल वार्ता टोली गठन गरी अनसनरत डा गोविन्द केसीको माग पूरा गर्न सरकारलाई आग्रह समेत गरेका थिए ।

प्रचण्डले केसीलाई भेटेपछि तत्कालै प्रधानमन्त्री सुशील कोइरालालाई फोन गरेर आजै वार्ता टोली बनाएर तुरुन्त डा केसीको माग पुरा गरी आजै अनसन तोडाउन आग्रह गरेका थिए ।

प्रचण्डको सुझावमा प्रधानमन्त्री कोइरालाले आजै प्रक्रियाको थालनी गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

भेटका क्रममा प्रचण्डले भ्रष्टाचार अन्त्य हुनुपर्छ भन्ने मागसहित अनसन बसेका केसीको माग सम्बोधन गर्नुपर्ने भन्दै प्रचण्डले सरकारलाई खबरदारी गर्ने बताएका थिए । प्रचण्डले केसीका जायज मागलाई तत्काल सम्बोधन गर्नुपर्ने बताएका थिए ।

प्रचण्डको भेटका क्रममा डा केसीले तीन करोड नेपालीले गुणस्तरीय सेवा पाउनुपर्ने आफ्नो माग रहेको बताएका थिए । उनले सहर या गाउँ जहाँ बसेपनि नेपाली नागरिकलाई समान व्यवहार गर्नुपर्ने, जनतालाई दिनइने सेवाका विषयमा सरकार गम्भीर हुनुपर्ने, जनताको प्रत्यक्ष सहभागिता रहने ठाउँमा राजनीतिक हस्तक्षेप हुन नहुने अडान आफ्नो रहेको बताएका थिए ।

सम्बन्धित खबरहरु