प्रक्रियाबाटै संविधान जारी हुने : मन्त्री सिंह

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार १६ चैत, २०७१

prakash manजनबोली १६ चैत, काठमाडौं । उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले जस्तो सुकै हालतमा भएपनि प्रक्रियाबाटै संविधान जारी हुने बताएका छन् ।

शान्ति विनायक टोल सुधार समितिले सोमबार काठमाडौमा गरेको कार्यक्रममा मन्त्री सिंहले सहमतिका लागी पर्खदा पनि सहमति हुन नसकेको भन्दै अब प्रक्रियाबाटै भएपनि अघि बढ्ने बताएका हुन् ।

उनले सहमतीका लागी सत्तारुढ दल गम्भीर भएपनि विपक्षीहरु भने गम्भीर नभएको आरोप लगाए । सिंहले विपक्षी दलहरु आन्दोलन छाडेर सहमतिमा आउनुको विकल्प नभएको समेत उल्लेख गरे ।

मन्त्री सिंहलले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धी संस्थागत गर्न पनि छिटै संबिधान निर्माण हुनुपर्ने बताए ।

सम्बन्धित खबरहरु