मुलुकको सम्पूर्ण जिल्ला प्रशासन कार्यालयमा एमाओवादीको धर्ना

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार १६ चैत, २०७१

सहमति संविधान निर्माण हुनु पर्ने मोर्चाको जोड

MAOIST-FLAGजनबोली १६ चैत, काठमाडौं । एमाओवादी सहित विपक्षी मोर्चाले जबरजस्ती संविधान जारी गर्न लाग्यो भन्दै मुलुकको सम्पूर्ण जिल्ला प्रशासनमा धर्ना दिन थालेको छ ।

हिजो मात्रै सिंहदरबारमा माओवादी संसदीय दलको बसेको बैठकले संविधान सभाको बैठकमा सहभागी नहुन निष्कर्ष निकालेको थियो । सहमतिमा जान हामी तयार छौँ । सत्तारुढ दलले सहमतिको लागि तत्परत नदेखाएको भन्दै अब आन्दोलनलाई उत्कर्षमा लाने कसरत भएको सद्भावना पार्टीका सह–अध्यक्ष लक्ष्मणलाल कर्णले बताएका थिए ।

सहमतिमा नै संबिधान जारी गर्नुको साटो सत्तारुढ दलले प्रक्रियाबाट जबरजस्ती संबिधान निर्माण गर्न लागीएको भन्दै मोर्चाले प्रशासन कार्यालय घेराउ गरेका हुन् । मोर्चाद्धारा यसअघि नै घोषित दोश्रो आन्दोलनकाको कार्यक्रम अनुसार मोर्चाका नेता तथा कार्यकताहरुले प्रशासन कार्यालय घेराउमा सहभागी भएका थिए ।

मोर्चाले पहिचान सहितको संघियता तथा संघियताको सहितको संबिधान सहमतिकै आधारमा निर्माण हुनुपर्ने भन्दै नाराबाजी समेत गरेका छन् । आफ्ना मागहरु पुरा नभएर आन्दोलनलाई सशक्त पार्ने एकीकृत नेकपा माओवादीका नेता हिमाल शर्माले बताए ।

मोर्चाको बिरोध प्रर्दशनका कारण केहिवेर प्रशासन कार्यलय क्षेत्रको वातावरण अस्तव्यस्त भएको थियो । सत्तारुढ दल एकलौटी ढंगले संबिधान निर्माणमा लागेको र बिपक्षीहरुलाई संबिधान लेखन कार्यवाट पाखा लगाउन खोजेको भन्दै मोर्चाले चरणवद्ध आन्दोलन गर्दे आएको छ ।

सम्बन्धित खबरहरु

दुई पुरुष मृत अवस्थामा फेला
  • शनिवार ३ असोज, २०७७
दुर्घटनामा ७ जनाको मृत्यु
  • शनिवार ३ असोज, २०७७