सरकारले भ्रष्ट्रचारजन्य क्रियाकलापलाई रोक्न अनुगमन कार्यमा जोड दिनुपर्ने : अख्तियार आयुक्त कार्की

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार १६ चैत, २०७१

lokmanजनबोली १६ चैत, काठमाडौं । अख्तियारका प्रमुख आयुक्त, लोकमानसिंह कार्कीले मुलुकमा सुशासन कायम गर्न सरकारले भ्रष्ट्रचारजन्य क्रियाकलापलाई रोक्न अनुगमन कार्यमा जोड दिनुपर्ने उल्लेख गरेका छन् ।

प्रमुख आयुक्त कार्कीले भ्रष्टाचार ठूलो र सानो नहुने भन्दै सवै खाले भ्रष्टाचारीलाई कारवाहीको दायरामा ल्याउने दावी गरे । उनले जस्तो सुकै असहज परिस्थितिमा पनि भ्रष्टाचारीलाई नछोड्ने प्रतिवद्धता व्यक्त गरे ।

अख्तियार प्रमुख कार्कीले पछिल्लो समय भ्रष्टाचारको स्वरुपमा परिवर्तन आएको उल्लेख गरे ।भ्रष्टाचार नियन्त्रणका लागि काम गरिरहेका सवै निकायहरुबीच समन्वयको अभाव रहेकाले शून्य सहनशीलताका साथ अघि बढ्न समस्या भएको उनको भनाई छ ।कार्कीले राष्ट्रिय सतर्कता केन्द्रलाई छुट्टै आयोग बनाउन गरिएको गृहकार्यले फाइदा नपुग्ने दावी गरे ।

सम्बन्धित खबरहरु