अन्नपूर्ण पोष्ट दैनिकले ‘डा. केसी मरे पनि मरोस्’ भन्दै उल्टो समाचार लेखेको खुलासा

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार १६ चैत, २०७१

dr. kc 2जनबोली १६ चैत, काठमाडौं । केहि दिन पहिले नागरिक समुहसँगको भेटमा प्रधानमन्त्री सुशील कोइरालाले आमरण अनसनमा रहेका प्रा डा गोविन्द केसी मरेपनि मरोस् भन्ने भनेको दाबी गर्दै अन्नपूर्ण पोष्ट दैनिकले लेखेको समाचार गलत भएको खुलासा भएको छ ।

प्रधानमन्त्रीसँगको भेटमा सहभागी समाजका अगुवाहरुले कुनै पनि अभिव्यक्ति नदिएको स्पष्ट पारेका छन् । केसीका बारेमा कुरा गर्न गएका नागरिक समाजलाई प्रधानमन्त्रीले डा. केसीको जीवनलाई केही भईहाल्यो भने के गर्ने? भनेर चिन्ता व्यक्त गरेकोमा त्यसलाई पत्रिकाले गैरजिम्मेवारीपूर्ण शब्द र वाक्य प्रयोग भई गरी उल्टो समाचार बनाएको समेत नागरिक समाजकातर्फबाट भेटमा सहभागी अगुवाहरुले बताएका छन् ।

उनीहरुले समाचारको खण्डन गर्दै त्यसलाई सच्याउन पनि अनुरोध गरेका छन् । एक विज्ञप्तिमार्फत समाजका अगुवाहरु डा. केदारनरसिंह केसी, सुबोधराज प्याकुरेल, कपील श्रेष्ठ, कनकमणी दिक्षीत र चरण प्रसाईंले त्यस्तो संवेदनशील विषयलाई लिएर समाचारको वास्तविकता पुष्टि नगरी उल्टो अर्थ लाग्ने गरेर कपोलकल्पित समाचार संप्रेषण भएकोमा धेरै दुःख लागेको उल्लेख गर्दै उक्त भेटघाटमा सहभागी नभएका व्यक्ति दिलेन्द्रप्रसाद बढुको नाम समेत सो समाचारमा उल्लेख भएकाले सो समाचारको विश्वसनियतामा प्रश्न उठेको जनाएका छन् ।

सम्बन्धित खबरहरु

भारतमा भर्खरै भूकम्प
  • सोमबार ५ असोज, २०७७