दुईवटा बस ठोक्किँदा मृत्यु हुनेको संख्या ५ , मृत्यु हुनेमा एक नेपाली र ४ कोरियन नागरिक

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार १६ चैत, २०७१

dhading accidentजनबोली चैत १६, धादिङ । धादिङको जोगिमारामा सोमबार विहान दुईवटा बस ठोक्किँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ । मृत्यु हुनेमा एक नेपाली र ४ कोरियन नागरिक छन् ।

काठमाडौंबाट कपिलवस्तु जाँदै गरेको लु १ ख ८५९३ नम्बरको बस र पोखराबाट काठमाडौं जाँदै गरेको पर्यटक सवार बा १ प १०२८ नम्बरको माइक्रो बस जोगिमारा ९ खटौटी खोलामा विहान पौने ११ बजेतिर ठोक्किएका थिए ।

दुर्घटनामा काठमाडौं गोलढुंगा ९ बस्ने पर्यटक सवार माइक्रो बस चालक रोशन भुसालको मृत्यु भएको छ । यसैगरी मृतक कोरियन नागरिकहरुमा चाङ बोक हि (पासपोर्ट नं. २९८००६३२), नोह योन डुक (पासपोर्ट नं. ५८९९६०१९), चो योङ जा (पासपोर्ट नं. ७७०७६२२९), र ली सङ योङ (पासपोर्ट नं. ३४५३९८२) छन् ।

यसैगरी अर्का कोरियन नागरिक किम नमक्यू (पासपोर्ट नं. १३८६९७८) घाइते छन् । दुर्घटनामा घाइते १७ जनामध्ये गम्भीर अबस्थाका ७ जनालाई उपचारको लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी प्रकाश मल्लले अनलाइनखबरलाई जानकारी दिए । बाँकी घाइतेहरुको जोगिमारा अस्पतालमा उपचार भैरहेको छ ।

घटनास्थलमा ईलाका प्रहरी कार्यालय जोगिमाराको टोली, ट्राफिक प्रहरी र स्थानीयबासी उद्धारमा खटिएका थिए । दुर्घटनापछि केहीबेर पृथ्वी राजमार्ग अबरुद्ध भएको थियो ।

सोमबार नै ललितपुर, झापा र जाजरकोटमा भएका दुर्घटनामा एक-एक जनाको मृत्यु भएको छ । कैलालीको लम्कीमा पनि सोमबार नै भएको बस दुर्घटनामा ५ जना घाइते भएका छन् ।

सम्बन्धित खबरहरु