पहिलो भेटको १२ मिनेटमै ‘लभ एट फस्ट साइट’

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार १६ चैत, २०७१

Nirajan Barsha‘लभ एट फस्ट साइट’ अर्थात पहिलो भेटमै माया बस्नु या मन पराउनु । यस्तो सायद फिल्ममा मात्र देखिन्छ तर हालै बेलायती संस्थाले गरेको अध्ययनले मानिसको व्यक्तित्व र भावनाको बिच सम्बन्ध रहेको जनाएको छ ।

भनिन्छ नि फर्स्ट इम्प्रेशन इज द लास्ट इम्प्रेशन अर्थात शुरुमा जस्तो प्रभाव पर्छ जीवनभर त्यो प्रभावको असर रहिरहन्छ । मानिसहरुले पहिलो भेटको १२ मिनेटमै सकारात्मक या नकारात्मक विश्लेषण गरिसकेका हुन्छन् ।

एक २ हजार मानिसमा गरिएको अध्यनमा पहिलो पटक भेट्दा तपाइँले सोधेको प्रश्न, तपाइँको मुस्कान, आइ कन्ट्याक्ट अर्थात तपाइँको नजर र आवाज जस्ता कुराहरुले तपाइँप्रतिको धारणा तय हुन्छ । पहिलो भेटमा शरीरबाट दुर्गन्ध वा श्वास गन्हाउने समस्या भएका मानिसहरु प्रति सधैँभर  नकारात्मक प्रभाव पर्ने बताएको छ ।

सबैभन्दा बढी प्रभाव उसको बाहिरी रुपले निर्धारण गर्दछ । उसको बास्ना, बोल्ने शौलि, हाउभाउ, ड्रेसअप आदीको प्रभाव जीवनभरलाई पर्ने पनि अध्ययनले देखाएको छ । केही मानिसको कसम खाने बानी हुन्छ । तर, यस्तो कसम खाने बानीले पनि तपाइँप्रति नकारात्मक प्रभाव पर्ने अध्यनको निष्कर्ष छ ।

खासमा मन्छेको मूल्याङ्कन कुराकानी गर्ने शैलीबाट शुरु हुन्छ । आजकाल त मानिसको चरित्र मापन गर्न निकै सजिलो भएको पनि अध्ययनले बताएको छ । मानिसहरुले सामाजिक संञ्जालमा राख्ने गतिविधिले पनि उनीहरुको विश्लेषण गर्न सजिलो हुँदै गएको छ ।

यदि तपाइँ पहिलो पटक डेटिङ जाँदै हुनु हुन्छ भने सामाजिक सञ्जालमा आफ्ना गतिविधी पनि नियन्त्रण गर्नुस् किन भने तपाइँको सामाजिक सञ्जालको गतिविधी पनि निगरानी भैरहेको हुन्छ । पहिलो भेटमा मधुर बोली र मुस्कान हुनेहरुको सम्बन्ध निक्कै राम्रो हुने शोधको निष्कर्ष छ । राम्रो शरीरिक बास्ना, बोल्ने शौलि, हाउभाउ, ड्रेसअप आदी हुने मानिसहरुमा जो कोही पनि आकर्षित हुन्छन् ।

–एजेन्सी

सम्बन्धित खबरहरु