वानडे क्रिकेटबाट थप दुई जना क्रिकेटरहरुले सन्यास लिए

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार १६ चैत, २०७१

icc-cricket-world-cup-2015-wiki-teams-predictionsकाठमाडौं । विश्वकप क्रिकेट २०१५ को फाइनलसँगै वानडे क्रिकेटबाट थप दुई जना क्रिकेटरहरुले सन्यास लिएका छन् ।

यससँगै जारी विश्वकपबाट ६ जना स्टार क्रिकेटरहरु विदा भएका छन् । जसमा श्रीलंका र पाकिस्तानका दुई/दुई र अस्ट्रेलिया तथा न्युजिल्याण्डका एक क्रिकेटर रहेका छन् ।Michael-Clarke

विश्वकपको फाइनल भिडन्तसँगै अस्ट्रेलियाका कप्तान माइकल क्लार्क र न्युजिल्याण्डका भेट्रान डेनियल भिटोरीले वान डे क्रिकेटबाट सन्यास लिएका हुन् । यसअघि नै उनीहरुले वानडे क्रिकेटबाट विदा लिने घोषणा गरिसकेका थिए ।ICC world cup 2015 New vs Aus 1

यसअघि श्रीलंकाका कुमार सांगाकारा र माहेला जयबद्र्धने तथा पाकिस्तानका शहिल अफ्रिदी र मिस्वाह उल हकले सन्यासको घोषणा गरेका थिए ।

सम्बन्धित खबरहरु