चैत अन्तिम बाट भद्रगोल र जिरे खुर्सानी प्रशारण हुने

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार १६ चैत, २०७१

bhadrgol jireचर्चित हास्य श्रृङ्खला जिरे खुर्सानी र भद्रगोल पुनः प्रशारणमा आउने भएको छ । जिरे खुर्सानी र भद्रगोलको श्रृखंलाहरुको प्रायोजन र विज्ञापन जुटाउँदै आएको वल्ड भिजन एड्भर्टाइजिङले सिद्धार्थ बैङ्कमा विभिन्न टेलिभिजन कार्यक्रमका लागि राखेको पाँच करोड बढी धितो रकम नक्कली ठहरिएपछि प्रसारण बन्द भएकोमा फेरि मिडिया हवले टेन्डर पारेपछि पुनःप्रशारण हुन लागेको हो ।

मिडिया हवका प्रवन्ध निर्देशक सोम धितालले वल्ड भिजन एड्भर्टाइजिङ कारबाहीमा परेपछि  नेपाल टेलिभिजनमा  नयाँ टेन्डर आफूहरुले पारेको जानकारी दिँदै सम्भवतः आगामी चैत २७ गते शुक्रबार भद्रगोल र चैत ३० गते सोमबार जिरे खुर्सानी प्रशारण हुने बताए ।

‘हामी चैत २७ गते भद्रगोल र चैत ३० गते जिरे खुर्सानी प्रदर्शन गर्ने तयारीमा जुटेका छौं’, उनले भने, ‘कुनै प्राविधिक समस्या नआए तोकिएकै मितिमा प्रशारण नहुने छ नत्र त्यसको एक हप्तापछि दुबै कार्यक्रम कमफर्म प्रशारण हुन्छ ।’

यता भद्रगोलका निर्माता सुवास कार्कीले आगामी चैत २७ गते भद्रगोल प्रशारण हुन लागेको जानकारी दिँदै आफूहर त्यही अनुसार जुटेको बताए । हाल मातृ शोकमा रहेका कार्कीले आफ्नै निवासमा जिष्टखबरसँग कुराकानी गर्दै भने, ‘भद्रगोल २७ गते प्रशारण हुने जानकारी पाइएको छ, आज मातृशोकमा परेको पनि ८ दिन भयो यहाँबाट निस्कनेवित्तिकै आवश्यक तयारीमा जुट्छौं ।’ उनले प्रशारणका लागि केहि एपिशोड सुटिङ गरिसकेको जानकारी दिँदै अब थप सशक्त ढंगले अघि बढ्ने जानकारी दिए ।

सम्बन्धित खबरहरु