हरेक क्षेत्रको नेतृत्वकर्ताको पनि नेतृ उषा सिंह

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार १६ चैत, २०७१

996133_700861253267972_1622312285_n
इन्द्र आचार्य, जनबोली न्युन डेक्स/ काठमाडौ । उषा सिंह यस्तो नाम जो हरेक क्षेत्रको नेतृत्वकर्ताहरुको पनि नेतृ भन्दा अन्यथा हुँदैन । नेशनल इष्टिच्युट अफ लिडरसिप डेभलोपमेण्ड प्रा.लि.को स्थापना गरेर उषाले नेतृत्व विकासका लागि तालिम दिन देश दौडाहाम हिड्न थालेको एक दशक मात्रै वित्दै छ । तर उनले दिएको तालिम लिएका ५ हजार भन्दा बढी जनशक्तिले देशका कुनै न कुनै क्षेत्रको नेतृत्व सम्हालिरहेका छन् । नेपाली राजनीतिमा भविष्य देखेर भोलीको राजनेता बन्ने सपना साकार बनाउन अहोरात्र खटिरहेकाहरुले पनि उनको तालिम लिएको छन् । “हर्षित बन्दै उषा भन्छिन्,” तालिमपछि नेपाली राजनीतिमा छाइरहेको समाचार पढ्न, सुन्न र हेर्न पाउदाँ अत्यन्तै खुसी लाग्छ । आज तालिम दिइएका ५ हजारमा हरेक क्षेत्र समेटिएको छ ।

10525825_794012400619523_7388552348556389127_n

उनीहरुको तालिम लिएकाहरु वित्तिय क्षेत्रमा गनिएको नाम स्थापित भइसकेको छ । कोही नेपालकै उत्कृष्ट बैकको प्रमुख कार्यकारीको पदमा रहेर नेतृत्व गरिरहेका छन् । कोही अधिकांश जिल्ला र क्षेत्रमा रहेका बैकका म्यानेजरको रुपमा बैकहरुको नेतृत्व गरिरहेका छन् । यति मात्र हैन राष्ट्रिय तथा अन्र्तराष्ट्रिय गैर सरकारी संस्था, सामाजिक सेवाको क्षेत्रमा खोलिएका विभिन्न संघ संस्था, नीजि क्षेत्र तथा समाजका प्रतिष्ठित बनेका व्यक्तित्वहरुपनि उनीहरुको तालिम लिइसकेका छन् ।

10390257_781844551836308_8234419591460635010_n
नेतृत्व विकासको तालिम प्रदानका लागि दिनरात खटिरहेकी उषा जनबोलीले पछिल्लो पटक सम्पर्क गर्न खोज्दा दाङको नेतृत्व विकास तामिलका लागि प्रशिक्षको भूमिका निर्वाह गर्न त्यतातर्फ गइरहेकी थिइन् । उनले हामिसँग प्रतिक्रियामा भनिन् “अहिले यो तालिमले कति संख्यामा नेतृत्वकर्ता निमार्ण गरियो भन्दा पनि यसले राष्ट्र, राष्ट्रियता र समाजका लागि के योगदान ग¥यो भनेर हेरिनुपर्छ” भन्ने लाग्न थालेको छ । हामिले उत्पादन गरेका नेतृत्वकर्ताले राष्ट्रयताका निम्ति गतिलो आवाज उठाइरहेका छन् । समग्र राज्यलाई दिशा दिन खोजीरहेका छन् ।

10462607_781834068504023_9092593133535034291_n

देशलाई आर्थिक रुपमा सवल र सक्षम बनाइरहेका छन् । त्यसैले उषाले व्यवसायीक रुपमा तालिम दिइरहेकी छ भन्ने सवाल भन्दापनि अब राष्ट्र र राष्ट्रियताको सवालमा एउटा इटा बनिरहेको छ भन्ने बुझ्नुपर्छ भन्ने उनको भनाई छ ।

10176088_737724259581671_4399587166424928628_n

हुनपनि हो नेतृत्व विकासको तालिम विकाशोन्मुख देशहरुमा राज्यतह बाटै दिइनुपर्छ । देशको समग्र विकासका लागि राज्यका हरेक तहमा नेतृत्वकर्ता उत्पादन हुनुपर्छ । जो क्षमतावान् हुन् र नेतृत्व गरेको क्षेत्रले सकारात्मक दिशा तर्फ अघि बढ्न सकोस् । आजको नेपाली राजनीति किन दिशा पक्रिन सकेको छैनन त ? सक्षम र कुशल नेतृत्वकर्ताको खाँचो छ, यही उदाहरणलाई आत्मासाथ गर्दै नेतृत्व विकासको क्षेत्रमा क्रियाशिल हुनेलाई हैसेमा-होष्टे साथमा-सहयोग गर्न जरुरी छ । र हरेक निकायले आफ्नो नेतृत्वकर्तालाई कुशल नेतृत्वकर्तामा हुनुपर्ने क्षमताको विकास गराउन जरुरी देखिन्छ ।

10301959_854720481215381_2466873002432694837_n10176088_737724259581671_4399587166424928628_n

सम्बन्धित खबरहरु