फल्काओले कोलम्बियाका इगारानको सर्वाधिक गोलको कीर्तिमानसँग बराबरी गरे

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार १७ चैत, २०७१

Colombia-Radamel-Falcao-Zayed-Sports-City-Kuwait-Friendly-UAEकाठमाडौं । राडामेल फल्काओले कोलम्बियाका लेजेन्ड अर्नोल्डो इगारानको सर्वाधिक गोलको कीर्तिमानसँग बराबरी गरेका छन् ।

सोमबार राति सम्पन्न मैत्रिपूर्ण खेलमा कोलम्बियाले कुवेतविरुद्ध ३–१ को जित हात पर्ने क्रममा फल्काओले एक गोल गरे । उनले ७४ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन् ।

यो सिजन मोनाकोबाट लोनमा म्यानचेष्टर युनाइटेड आएका उनले ५ महिनामा तीन गोल गरेका छन् ।

तर, कोलम्बियाका लागि भने पाँच दिनमा तीन गोल गरे । यसअघि कोलम्बियाले बहराइनविरुद्ध ६–० को जित निकाल्दा फल्काओले दुई गोल गरेका थिए ।

यससँगै कोलम्बियाका लागि फल्कोओको गोल संख्या २४ पुगेको छ । उनले ५६ खेलमा २४ गोल गरेका हुन् ।

अर्नोल्डो इगारानले ६८ खेलमा २४ गोल गरेका थिए । उनको रेकर्ड २४ वर्षदेखि कसैले तोड्न सकेको छैन ।

सम्बन्धित खबरहरु

‘अब बृद्धभत्ता पाँच हजार’
  • बिहिबार ८ असोज, २०७७