नेपालले प्यालेस्टाइनसँग प्रतिस्पर्धा गर्दै

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार १७ चैत, २०७१

AFC-U-23-QUALIFIER-640x330जनबोली, चैत १७ काठमाडौं । इरानमा जारी एएफसी युथ–२३ छनोट फुटबल प्रतियोगिता अन्तर्गत समुह सी को अन्तिम खेलमा नेपालले प्यालेस्टाइनसँग प्रतिस्पर्धा गर्दैछ ।

समूह चरणमा अहिलेसम्म भएका तीन खेलमा नै पराजित भएर प्रतियोगिताबाट बाहिरिइसकेको नेपालका लागि आजको खेल प्रतिष्ठाको लडाई हुनेछ ।

पहिलो खेलमा आयोजक इरानसँग ५–० ले पराजित भएको नेपाल दोस्रो खेलमा अफगानिस्तानसँग २–० ले र तेस्रो खेलमा साउदी अरबसंग ६–० ले पराजित भएको थियो ।

प्रतियोगितामा १३ गोल खाइसकेको नेपालले एक गोल पनि फर्काउन सकेको छैन । नेपालभन्दा तुलनात्मक रुपमा बलियो प्यालेष्टाइनलाई रोक्नु चुनौतिपूर्ण हुनेछ ।

सम्बन्धित खबरहरु

दुई पुरुष मृत अवस्थामा फेला
  • शनिवार ३ असोज, २०७७
दुर्घटनामा ७ जनाको मृत्यु
  • शनिवार ३ असोज, २०७७