रक्षक नै भक्षक हुन थालेकैले बलात्कार रोकिएन, युवती बलात्कारी प्रहरी पक्राउ

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार १७ चैत, २०७१

balatkar1

जनबोली/ १७ चैत, काठमाडौ। रक्षक नै भक्षक हुन थालेपछि विथिती कति हद सम्म मौलाई रहेको छ कल्पनै गर्न सकिन्न । बलात्कारले आक्रान्त बनिरहेको देशमा प्रहरी नै बलात्कारी बनिरहेका घटना बारम्बार दोहोरिरहेका छन् । फेरी पनि बलात्कार गरेको अभियोगमा अर्को प्रहरी पक्राउ परेका छन् । बलात्कार गरेको आरोपमा महोत्तरीमा एक प्रहरी हवलदार पक्राउ परेको हुन् ।

पक्राउ पर्नेमा जिल्ला प्रहरी कार्यालयमा दरबन्दी भई कार्यरत प्रहरी हवलदार बिजकिशोर यादव रहेको प्रहरीनायब उपरीक्षक लोकेन्द्र श्रेष्ठले बताए । सोमबार साँझ जिल्लाको सोनामाई–१ बस्ने युवती आफ्ना केटा साथीसँग सदरमुकाम जलेश्वर नगरपालिका–४ स्थित न्यू परदेशी एसी होटलमा खाजा खान आएको बेला प्रहरी हवलदार यादवले निजकी साथीलाई कुटपिट गरी भगाई उनीसँग बलात्कार गरेको पीडितले आरोप लगाएका छन् ।

घटनापश्चात् पीडितले जिप्रकामा आएर घटनाबारे जानकारी गराउँदा प्रहरीनायब यादवलाई तत्काल पक्राउ गरिएको आवश्यक अनुसन्धान भइरहेको प्रहरीनायब श्रेष्ठले बताए । साथै पीडितलाई समेत प्रहरीको महिला सेलमा राखिएको र आज उनको जिल्ला अस्पताल महोत्तरीमा जाँच गराउने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

सम्बन्धित खबरहरु