दुविधाग्रस्त मनस्थितिले एमाओवादी खुकुरी,लठ्ठी,भाला बोक्न हिड्यो- ईश्वर पोखरेल

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार १७ चैत, २०७१

ishwor pokhrel-janaboli

जनबोली/ १७ चैत, विराटनगर । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले एमाओवादीलाई दुविधाग्रस्त मनस्थिति रहेको आरोप लगाएका छन् । उनले यो मनस्थिति त्यागेर संविधान निर्माणमा लाग्न सुझाव समेत दिएका छन् । जनताको अभिमतलाई सम्मान गर्दै छिटो संविधान जारी गर्ने काममा लोकतान्त्रिक शक्तिहरु एकजुट हुनुपर्नेमा उनले जोड दिए ।

‘निर्वाचनको माध्यमबाट जनताले संविधान लेख्न पठाएका एमाओवादीसहितका दलले सडकमा लठ्ठी, खुकुरी बोकेर उत्रेर के गर्न खोजेको हो रु’ प्रेस चौतारी मोरङले मंगलबार विहान विराटनगरमा आयोजित पत्रकार भेटघाटमा पोख्रेलले प्रश्न गरे ।
संक्रमणकालको पीडा र असहजता मुलुकले अब धान्न नसक्ने भन्दै उनले सबै लोकतान्त्रिक शक्तिलाई संविधान लेख्ने कार्यमा अग्रसर हुन आह्वान गरे ।
जातीय पहिचानको नाममा सिधा(साधा जनतालाई भावनामा बहकाएर समाजमा विभेद उत्पन्न नगराउन उनले एमाओवादी सहितको ३० दलीय मोर्चालाई सुझाव दिए । बहुजातीय, बहुधार्मिक, बहुभाषिक एवम् बहुसांस्कृतिक मुलुक भएकाले सबैको प्रतिनिधित्व हुने खालको संविधान बनाउनुपर्नेमा उनले जोड दिए ।

सम्बन्धित खबरहरु