भारतको जम्मु कश्मीरमा बाढीपहिरोबाट ज्यान गुमाउनेको संख्या १६ पुग्यो

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार १७ चैत, २०७१

kashmir-flood-janaboli

जनबोली/ १७ चैत, काठमाडौ । भारतको जम्मु कश्मीरमा भीषण बर्षापछिको बाढीपहिरोमा परी अहिलेसम्म १६ जनाको मृत्यु भएको छ भने दर्जनौ हराईरहेका छन् । सोमबारराति देखि बर्षा रोकिएपनि अझै उद्दार कार्य तिव्र गतिमा अघि बढ्न सकेको छैन । बाढी पीडितहरुलाई राहत वितरणका लागि भारतीय सेनाका २० वटा टोलीलाई तयारी हालतमा राखिएको अधिकारीहरुले जनाएका छन् ।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्थितिलाई नियन्त्रणमा राख्न तथा सहयोग उपलब्ध गराउँनका लागि केन्द्री मन्त्री मुख्तार अब्बास नकवीलाई कश्मीर पठाएका छन् । निरन्तरको बर्षाका कारण झेलम नदी आसापासका क्षेत्रमा पहिरो तथा हिउँपहिरो गइरहेकोले उच्च शतर्कता अपनाइएको छ । जम्मु कश्मीर सरकारले बाढी प्रभावितलाई उद्दार, राहत तथा पुनस्थापनाका लागि २३५ करोड रुपैया छुट्याएको जनाएको छ ।

सम्बन्धित खबरहरु

दुई पुरुष मृत अवस्थामा फेला
  • शनिवार ३ असोज, २०७७
दुर्घटनामा ७ जनाको मृत्यु
  • शनिवार ३ असोज, २०७७