सार्वजानीक प्रशासन अन्तराष्ट्रिय स्तरको बनाउछु -लालबाबु पण्डित

  • जनबोली न्यूज नेटवर्क
  • मङ्गलबार १७ चैत, २०७१

lalbabu

जनबोली/ १७ चैत, काठमाडौ । सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले नेपालको प्रशासन सेवालाई अन्तराष्ट्रिय स्तरको बनाउन सरकार लागिपरेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित अन्तक्र्रिया कार्यक्रममा आफ्नो जति आलोचना भएपनि प्रशासन सेवालाई अन्तराष्ट्रिय स्तरमा पुराएरै छाड्ने प्रतिबद्धता जनाए ।
उनले नेपालमा नै रोजगारीको सिर्जना गर्दै युवा पलायनलाई रोक्ने कार्यक्रम ल्याउने उल्लखे गरे । एक अर्को प्रसंगमा मन्त्री पण्डितले कुनै एक जातीय आधारमा संविधान निर्माण हुनै नसक्ने दाबी गरे ।
सबैको अधिकार स्थापित गर्नैका लागि संबिधान निर्माण भईरहेको उनको भनाई छ । संविधान लेखनका सहमति जुटाउन सबै दलहरु प्रयासरत रहेको उनले बताए । मन्त्री पण्डितले विपक्षी दलहरुपनि आन्दोलन छाडेर सहमतिमा आउने बिश्वास व्यक्त गरे ।

सम्बन्धित खबरहरु

दुई पुरुष मृत अवस्थामा फेला
  • शनिवार ३ असोज, २०७७
दुर्घटनामा ७ जनाको मृत्यु
  • शनिवार ३ असोज, २०७७