सिकारु नर्सलाई प्रसूति सेवामा खटाउँदा शिशुको मृत्यु

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार १८ चैत, २०७१

indian-nurses-at-workवीरगन्ज । वीरगन्ज १८ भेडियास्थित नेसनल मेडिकल कलेजमा सोमबार नवजात शिशुको मृत्यु भएपछि परिवार आक्रोसित भएका छन् ।

अस्पताल प्रशासनले सिकारु नर्सलाई प्रसूति सेवामा खटाउँदा शिशुको मृत्यु भएको आरोप उनीहरुले लगाएका छन् ।

परिवारका अनुसार अस्पताल प्रशासनले बच्चाको मृत्यु हुनुको जायज कारण दिन सकेको छैन । यस विषयमा सम्बन्धित डाक्टरसँग बुझ्न खोज्दा अस्पतालले प्रहरी बोलाएर घटना दबाउन खोजेको उनीहरुको भनाइ छ ।

तनाव हुनसक्ने देखिएपछि सोमबार साँझ अस्पतालमा एक सयको संख्यामा प्रहरी खटाइएका थिए ।

बारा,जितपुरका अखिल सिहकी पत्नी २३ वर्षीया सुमी सिंहलाई सोमबार दिउँसो डेढ बजे अस्पतालले प्रसूति कक्षमा लगेको थियो ।

‘दुई बजे बच्चाको टाउको निस्केको जानकारी आयो । त्यसको दुई घण्टापछि पनि केही भनिएन, बुझ्न जाँदा ढोकाबाटै धपाइयो’ सिंहले भने-‘ पाँच बजे एकजना स्विपर निस्कीएर छोरो जन्मीएको भन्दै बधाई दिइन् ।’

बच्चा देख्नै नपाई सिंहलाई कलेजले पुर्जीमा हस्ताक्षर गर्न लगायो । भित्र आमा चिच्याएपछि मात्र बच्चा मृत भएको उनीहरुले थाहापाए । आजको नागरिकमा समाचार छ ।

सम्बन्धित खबरहरु