श्रम संझौता बिना घरेलु कामदार विदेश नपठाउ

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार १८ चैत, २०७१

Gharelu Kaamdarकाठमाडौ । द्विपक्षीय श्रम संझौता बिना र न्युनतम तलब पनि नतोकी घरेलु कामदार विदेश पठाउने निर्देशिका मन्त्रिपरिषद्मा लगिएकामा सरोकारवाला संस्थाहरुले आपत्ती जनाउँदै त्यसलाई रोक्न माग गरेका छन् ।

श्रम राज्यमन्त्री टेकबहादुर गुरुङले शुक्रवारको मन्त्री परिषद्मा पेश गरेको ‘वैदेशिक रोजगारमा घरेलु कामदार पठाउने सम्बन्धी निर्देशिका’मा द्विपक्षीय श्रम सम्झौताविना र न्युनतम तलब पनि नतोकी जुनै देशमा घरेलु कामदार पठाउन पाउने प्रावधान छ ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिकी सदस्य सभासद पेम्बा लामाले त्यस्तो निर्देशिकालाई मन्त्री परिषदबाट फिर्ता गरी सच्याउन लगाउने बताईन् ।

‘बीना श्रम संझौता कामदार पठाउन रोक्नुपर्छ र पठाउँदा न्युनतम तलव तोक्नुपर्छ’ उनले भनिन्, ‘श्रम राज्य मन्त्रीलाई के हो हतार पर्यो र प्रकृयै नपुर्यापई खोल्न लाग्नु भो ?’ घरेलु कामदारलाई व्यवस्थित गरी पठाउने भन्दै सरकारले एक वर्षदेखि पठाउन रोकेको छ । आजको कान्तिपुरमा समाचार छ ।

सम्बन्धित खबरहरु

दुई पुरुष मृत अवस्थामा फेला
  • शनिवार ३ असोज, २०७७
दुर्घटनामा ७ जनाको मृत्यु
  • शनिवार ३ असोज, २०७७