लैङ्गिक हिंसा अन्त्य गर्ने नेपाल ऐनलाई संशोधन

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार १८ चैत, २०७१

acid-attackकाठमाडौँ । व्यवस्थापिका–संसद्, विधायन समितिले लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य गर्ने सम्बन्धमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७१ का सम्बन्धमा तयार गरिएको उपसमितिको प्रतिवेदन पारित गरेको छ ।

व्यवस्थापिका–संसद् सचिवालय सिंहदरबारमा समितिको आज सम्पन्न बैठकले उपसमितिले तयार पारेको उक्त प्रतिवेदनमा तेजाब वा यस्तै प्रकारका अन्य पदार्थ छर्की वा सो पदार्थले पोली, अनुहार वा कुनै अङ्ग कुरुप भएमा कसुरको प्रकृतिअनुसार पाँचदेखि आठ वर्षसम्म कैद वा रु एक लाखदेखि रु तीन लाखसम्म जरिवाना हुने उल्लेख छ ।

त्यस्तै शरीरको अन्य अङ्ग कुरुप पारेमा वा जिउमा पीडा गराएमा तीनदेखि आठ वर्ष कैद र रु पचास हजारदेखि एक लाख पचास हजारसम्म जरिवाना गरिने र उक्त जरिवानाबापतको पुरै रकम पीडितलाई प्रदान गरिने छ ।

प्रतिवेदनमा अङ्गभङ्गको खतमध्ये दृष्टिविहीन बनाएको, महिलाको स्तन काटेको वा महिलालाई बाँझोपन वा पुरुषलाई पुरुषत्वहीन बनाएको अवस्थामा रु तीन लाख जरिवाना गरी आठ वर्ष कैद गर्नुपर्नेलगायत विभिन्न दण्डसजायका सम्बन्धमा उल्लेख गरिएको छ । आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।

सम्बन्धित खबरहरु

एक्काइस फरार अभियुक्त पक्राउ
  • सोमबार १२ असोज, २०७७