पाइलटले उडान गर्न अस्वीकार गरेपछि …

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार १८ चैत, २०७१

Sushil Koiralaकाठमाडौं । भेरी-बबई डाइभर्सन आयोजनाको शिलान्यासका लागि सुर्खेत जान त्रिभुवन विमानस्थल पुगेका प्रधानमन्त्री सुशील कोइराला नेपाली सेनाका पाइलटले उडान गर्न अस्वीकार गरेपछि फर्केका छन् ।

प्रधानमन्त्री कोइराला मंगलबार साँझ ५ बजे विमानस्थल पुगेका थिए। कार्यक्रममा भाग लिन उपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतम पनि उनीसँगै सुर्खेत उड्न विमानस्थल पुगेका थिए ।

दिनभरको मौसम सुर्खेत उडानका लागि योग्य भए पनि प्रधानमन्त्रीले उड्ने समय मिलाउन सकेका थिएनन् ।

उनको उडान बिहान ९ बजेका लागि तय गरिएको थियो तर नभ्याएको भन्दै समय सार्दै साँझ पारिएको थियो ।

विमानस्थल कार्यालयले भने साँझ ५ बजे पनि उडानयोग्य मौसम भएको जानकारी प्रधानमन्त्री कार्यालयलाई दिएको थियो ।

तर सैनिक पाइलट महासेनानी भुवन श्रेष्ठले सुर्खेतको निर्धारित ठाउँमा पुग्दै अँध्यारो भइसक्ने र फर्केर आउन नसकिने कारण देखाउँदै उडान गर्न मानेनन् ।आजको अन्नपुर्ण पोष्टमा समाचार छ ।

सम्बन्धित खबरहरु