अर्धनग्न महिलाको शब फेला

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार १८ चैत, २०७१

mahila sabजनबोली १८ चैत, काठमाडौं । राजधानीको काठमाडौंको धुम्बाराहीमा एका बिहानै एक अर्धनग्न महिलाको शब फेला परेको छ । धुम्बाराहीको प्रगतिटोल नजिक अर्धनग्न अवस्थामा महिलाको शब भेटिएको हो ।

धुम्बाराहीस्थित उनी बस्दै आएको घर अगाडी नै उनको शव फेला परेको महाराजगंज प्रहरीले जनाएको छ । ३२ वर्षीया उनको शब हत्या गरेर फलीएको हुनसक्ने प्रहरी अनुमान छ । विहानै घर अगाडी अर्धनग्न अवस्थामा शव भेटीएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घरको छतबाट खसालेर उनको हत्या गराइएको आशंकामा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

नियन्त्रणमा लिएका एक महिला र एक पुरुष ले प्रारम्भीक बयान दिएका छन् । पक्राउ परेका युवकले आफुले हिजो साँझ उनलाई भेटेको तर, हत्याबारे थाहा नभएको बताएका छन् ।

सम्बन्धित खबरहरु