आएएसको चंगुलबाट छुटेका टर्किस फोटो पत्रकार बुन्यामिन अयगुनले आएइएसले गरेको व्यवहार सार्वजनिक गरे

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार १८ चैत, २०७१

bc3bcnyaminएजेन्सी । आतंकवादी संगठन आइएसको बर्बरता र क्रुरतापूर्ण हर्कत एक पछि अर्को गर्दै सार्वजनिक भइरहेको छ ।

यसैक्रममा आएएसको चंगुलबाट छुटेका टर्किस फोटो पत्रकार बुन्यामिन अयगुनले आफूमाथि आएइएसले गरेको व्यवहार सार्वजनिक गरेका छन् ।

उनले आफू आइएसको फन्दामा परेको, बसेको र रिहा भएको कहानी सार्वजनिक गरेका हुन् । उनले आफूले आइएसको कब्जामा बसको ४० दिन ४० वर्षजस्तै लागेको जनाएका छन् ।

उनले आफूले हरेक दिन मरेजस्तै गरी बिताएको र उनीहरुले हरेक दिन जसलाई सम्झिनु छ सम्झी भोलि अन्तिम दिन हुनेछ भन्दै धम्क्याउने गरेको बताए ।

उनले अहिले ‘फोर्टी डेज एट द हेन्डस् अफ आइएस’ नामको पुस्तक लेखिरहेका छन् । किताब उनले लेखेका छन्, ‘मेरो अगाडि पूरा जीवन हुन्थ्यो र हरेक दिन मेरो जिन्दगीको अन्तिम दिन लाग्थ्यो । जुन बेला मैले आँखा बन्द गर्थे त्यसबेला कुनै आतंककारीले मरो टाउको काटेको देख्थे ।’

उनलाई सन् २०१३ को नोभेम्बरमा इस्लामिक विद्रोही संगठन आइएसले अपहरण गरेका थिए र ४० दिनपछि छुटेका थिए । उनको यो किताब चाँडै बजारमा आउने जनाइएको छ ।

उनी २५ नोभेम्बर २०१३ मा जिहादीको एक समूहको अन्तरवार्ता लिने क्रममा अपहरणमा परेका थिए । आइएसको कब्जामा रहँदा एक्लो महसुस गर्नुका साथै आफ्नो बाँच्ने इच्छा नै समाप्त भएको र आफू जिउँदो नफर्कने लाग्ने गरेको उनले उल्लेख गरेका छन् ।

सम्बन्धित खबरहरु

‘अब बृद्धभत्ता पाँच हजार’
  • बिहिबार ८ असोज, २०७७