नेपाल र अस्ट्रेलिया बीच खेल हेर्न टिकटको व्यवस्था

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार १८ चैत, २०७१

can and iccजनबोली १८ चैत,  काठमाडौं । नेपाल र अस्ट्रेलिया बीच चैत्र २८ मा हुने क्रिकेट खेल हेर्न टिकटको व्यवस्था गरिएको छ ।

कीर्तिपुर क्रिकेट मैदानमा हुने खेल हेर्नका लागि नेपाल क्रिकेट एसोसिएसन (क्यान) ले १६३ रुपैया दरको टिकट बिक्रि गर्न लागेको जनाएको छ ।

आज एक विज्ञप्ति निकाल्दै क्यानले उक्त कुराको जानकारी दिएको छ । टिकट इसेवा वा संघको कार्यालय मूलपानी र कीर्तिपुर मैदानस्थित कार्यालयमा चैत्र १८ गतेदेखि २५ गतेसम्म लिन सकिने व्यबस्था क्यानले गरेको छ ।

चैत्र २८ गतेनै ह्युजको जर्सी तथा व्याट अस्ट्रेलिया क्रिकेटका अध्यक्षले सगरमाथा लैजान हस्तान्तरण गर्ने छन् ।

हृयूजको जर्सी तथा ब्याट सगरमाथाको चुचुरोमा पुर्याउन जाने आरोहण टिमलाई आवश्यक पर्ने खर्च जुटाउन टिकटको व्यवस्था गरिएको हो ।

सम्बन्धित खबरहरु