युवतीको शव फेला

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार १८ चैत, २०७१

dolakha_districtजनबोली १८ चैत, चरिकोट । दोलखाको भुसाफेदा गाविस–६ को जङ्गलमा एक युवतीको शव फेला परेको छ । शव १८ वर्षीया लालुमाया तामाङको रहेको स्थानीयले जानकारी दिएका छन् । शव आफ्नै गोठ नजिकैको जङ्गलमा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृतक लामा गोठमा एक्लै बस्दै आएकी उनका आफ्न्तको भनाइ छ । शवको टाउको क्षतविक्षेत अवस्थामा रहेको प्रत्यक्षदर्शी कुमार अधिकारीले जानकार दिए । शवको प्रकृति हेर्दा घटना हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

सम्बन्धित खबरहरु