महाकाली नदीमा ट्युब पल्टिँदा दुईजनाको मृत्यु

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार १८ चैत, २०७१

mahakali nadiजनबोली १८ चैत, दार्चुला । दार्चुलाको अति दुर्गम क्षेत्र लाली क्षेत्र महाकाली नदीमा ट्युब पल्टिँदा दुईजनाको मृत्यु भएको छ ।

भारतको पिथौरागढबाट महाकाली नदीमा ट्युवबाट दार्चुलाको लाली गाविसतर्फ आउँदै गरेका पाँचजनामध्ये दुई जनाको मृत्यु, एक महिला बेपत्ता र दुई जनाको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख प्रहरी नायब उपरीक्षक नैनसिंह कार्कीले बताए ।

उनका अनुसार मङ्गलबार दिउँसो ट्युब पल्टिएको हो । ट्युबमा सवारी बैतडी पाटनका कमला भट्टको मृत्यु भएको छ ।

त्यसैगरी बैतडीकै दशरथचन्द नगरपालिका–६ का पुनम जोशी महाकालीमा बेपत्ता छन् । उनका तीन वर्षीय छोरा उमङ्ग जोशी महाकाली किनारमा मृत अवस्थामा फेला परेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए ।

त्यसैगरी उपचारका लागि पिथौरागड लैजाने क्रममा मृत्यु भएका कमलाका श्रीमान् हरिष भट्ट र देवर रवी भट्ट सकुशल रहेको प्रहरीले जनाएको छ ।

पाँच यात्रु र चालकसहित ट्युबमा छजना सवार थिए । उनीहरु पिथौरागडको सुनखोलीबाट लालीतर्फ आउँदै थिए । सो क्षेत्रमा महाकाली नदीमा पुल नहुँदा सर्वसाधारणले यसरी अकालमै ज्यान गुमाउनुपरेको छ ।

सम्बन्धित खबरहरु

तयार रहनुहोस् : हुने भयो परीक्षा
  • मङ्गलबार ६ असोज, २०७७