एजेन्सी । विश्वचर्चित बलिउड अभिनेत्रीको डिमाण्ड थाहा पाउँदा तपाई आश्चार्यमा पक्कै पर्नुहुन्छ । उनले एकपटक फिल्म गरेको १० करोड डिमाण्ड गर्ने गरेको खुल्न आएको छ ।  हुनत बलिउड अभिनेता र अभिनेत्रीको पारिश्रमिकमा हुँदै आएको भेदभावको विषयमा लामो समयदेखि बहस चलिरहेको छ ।

सोही बहसकाबीच नयाँवर्षको सुरुवातमै केही फरक र नयाँ विषय सुन्नमा आएको छ । बलिउडकी सुन्दर अभिनेत्री ऐश्वर्या राय बच्चनलाई नरगिसको आइकोनिक फिल्म ‘रात और दिन’ को रिमेक अफर गरिएको छ । जसका लागि ऐश्वर्याले निर्माण पक्षसँग ठूलो पारिश्रमिकको प्रस्ताव राखेकी छन् ।

बलिउड सुत्रका अनुसार ऐश्वर्याले फिल्मको निर्माण पक्षसँग १० करोड रुपैयाँ पारिश्रमिकको प्रस्ताव रखेकी हुन् । फिल्ममा ऐश्वर्याले निभाउनुपर्ने दोहोरो भूमिकाका कारण यो प्रस्ताव राखेको बताइएको छ । यो प्रोजेक्टमा लामो समय लाग्न सक्ने अनुमान गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यस प्रोजेक्टका लागि निर्माण पक्षसँग सम्झौता भए ऐश्वर्याले अर्को प्रोजेक्टमा तत्काल काम नगर्ने पनि बताइएको छ ।

 

सम्बन्धित खबरहरु