केसीका मागबारे सरकारी प्रतिनिधि र डा केसीको टोली सहमतिको नजिक

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार १८ चैत, २०७१

dr. kcजनबोली १८ चैत, काठमाडौं । चिकित्सा शिक्षा र सेवामा सुधारको माग गर्दै दश दिनदेखि अनशनरत त्रिवि शिक्षण अस्पताल हाडजोर्नी विभागमा कार्यरत प्रा डा. गोविन्द केसीका मागबारे सरकारी प्रतिनिधि र डा केसीको टोली सहमतिको अत्यन्त नजिक पुगेका छन् ।

वार्ता अत्यन्त सकारात्मक भएको र सहमतिको नजिक पुगेको तथा बुधबार बसेर टुङ्ग्याउने सहमति भएको सरकारी वार्ता टोलीका सहयोगी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा गोविन्दराज पोखरेलले बताए ।

गएराति अबेरसम्म त्रिवि शिक्षण अस्पतालमा भएको वार्तामा सरकारका तर्पmबाट मुख्य सचिव लीलामणि पौड्याल र आयोगका उपाध्यक्ष डा पोखरेल थिए । “सहमतिको मस्यौदा लिएर आउनुस्, अनि बुधबार बिहान बसेर टुङ्गाउँला” डा केसी र उनको टोलीलाई उद्धृत गर्दै डा पोखरेलले भने ।

सम्बन्धित खबरहरु