कोइराला पार्टीको महाधिवेशनमा सभापतिको पदमा उठ्ने

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार १८ चैत, २०७१

sujata koiralaजनबोली १८ चैत, काठमाडौं । नेपाली कांग्रेसकि नेतृ सुजाता कोइरालाले पार्टीको आगामी महाधिवेशनमा आफु सभापतिको पदमा उठ्ने सम्भावना रहेको बताएकी छन् ।

नेपाल प्रेस युनियन मोरङले आज बिहान जिपी प्रतिष्ठान विराटनगरमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले सभापति पदमा सुशील कोइराला नउठेको खण्डमा आफु सो पदमा महिलाको सशक्तीकरणका लागि उठ्ने स्पष्ट परिन् ।

उनले मुलुक सङ्घीयतामा गइरहेको अवस्थामा पार्टीभित्र नयाँ नेतृत्वको विकासका लागि थुप्रै समावेशी पद सिर्जना गर्नुपर्ने आवश्यकता औल्याईन् ।

सहमति, सहकार्य र एकताका लागि गिरिजाबावुले दिएको सन्देशलाई नेपाली काँग्रेस पालना गरेर अगाडि बढिरहेको प्रसङ्ग उल्लेख गर्दै नेत्री कोइरालाले अहिले पनि सहमतिका लागि प्रर्याप्त समय रहेकाले एमाओवादीलगायतका दललाई लचिलो हुन आग्रह गरिन् ।

मुलुकमा उत्तर–दक्षिण मिलाएर राज्यको निर्माण र पाँचभन्दा बढी राज्य बनाउनु नहुने विषयमा जोड दिँदै उनले असहमतिका विषयलाई थाती राखेर सहमतिका विषयमा अगाडि बढेर कार्य गर्नुपर्ने धारणा प्रकट गरिन् ।

उनले गणतन्त्र, धर्मनिरपेक्षलगायतका विषयमा निर्णय भइसकेकाले यस विषयमा फेरबदल हुन नसक्ने स्पष्ट पार्दै फेरबदल गरेमा मुलुकमा अस्थिरता आउने उल्लेख गरिन् ।

सम्बन्धित खबरहरु