नेकपा एमाले अध्यक्ष ओली/स्याण्डर्सबीच शरणार्थी सम्बन्धि भेटवार्ता

  • जनबोली न्यूज नेटवर्क
  • बुधबार १८ चैत, २०७१

kp  oliजनबोली १८ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र संयुक्त राष्ट्र संघीय शरणार्थी सम्बन्धि उच्चायोगका प्रतिनिधि क्रेग स्याण्डर्सबीच भेटवार्ता भएको छ ।

ओली निवास बालकोटमा भएको भेटका अवसरमा उनीहरुबीच शरणार्थी तेस्रो मुलुक पुनस्थापनामा भएको प्रगतिका विषयमा छलफल भएको थियो ।

भेटका अवसरमा राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चायोगका नेपाल प्रतिनिधि स्याण्डर्सले शरणार्थी पुनस्थापनामा नेपालले खेलेको भूमिकाको प्रशंसा गर्नुका साथै नेपालमा रहेका करिब २२ हजार शरणार्थी व्यवस्थापनका बिषयमा निर्णय गर्न आग्रह गरेका थिए ।

एमाले अध्यक्ष ओली परराष्ट्रमन्त्री भएको समयमा भएको निर्णय अनुसार नेपालमा रहेको करिब करिब ९० हजार शरणार्थी अहिलेसम्म विभिन्न मुलुकमा पुनस्थापित भएका छन् ।

सम्बन्धित खबरहरु

दुई पुरुष मृत अवस्थामा फेला
  • शनिवार ३ असोज, २०७७
दुर्घटनामा ७ जनाको मृत्यु
  • शनिवार ३ असोज, २०७७