जनबोली । साताव्यापी चीन भ्रमण सकेर राष्ट्रपति यादव आज बुधबार स्वदेश फिर्ति भएका छन् । राष्ट्रपति यादव सहितको टोली गत चैत १२ गते चिन प्रस्थान गरेका थियो । एक साताका भ्रमण सकेर बुधबार अपरान्ह स्वदेश फर्किएका हुन् ।

डाक्टर यादव चीनको दक्षिण प्रान्त हेनानको बोआओ शहरमा आयोजित ‘एसियाका लागि बोआओ मञ्चको वार्षीक सम्मेलनमा भाग लिन त्यसतर्फ गएका थिए । चीन भ्रमणका क्रममा बोआओ सम्मेलनलाई सम्बोधन गर्नुका साथै राष्ट्रपति यादवले चिनियाँ समकक्षी शि जिनपिङ, अस्ट्रियाका राष्ट्रपति डाक्टर हेनिज फिस्चर र स्वीडेनका प्रधानमत्री स्टेफन लफभेनसँग भेटवार्ता गरेको भ्रमण टोली सदस्य शहरी विकास मन्त्री नारायण खड्काले जानकारी दिए ।

स्वदेश फर्कने क्रममा राष्ट्रपति यादवललाई नेपाली सेनाको एक टुकडीले राष्ट्रिय गान सहितको सलामी अर्पण गरेको थियो । राष्ट्रपति यादवलाई त्रिभुवन विमानस्थलमा उपराष्ट्रपति परमानन्द झा र प्रधानमन्त्री सुशील कोइरालासहितले स्वागत गरे । चीन भ्रमणका क्रममा राष्ट्रपति यादवले चिनियाँ राष्ट्र सि जिङ पिङसँग पनि भेटवार्ता गरेका थियो । सो क्रममा चीनले नेपाललाई १४ अर्ब रुपैयाँ आर्थिक सहयोगको घोषणा गर्‍यो ।

सम्बन्धित खबरहरु