[caption id="attachment_11804" align="alignnone" width="960"]mamata budhathoki 2 यी ममता बुढाथोकी कर्मयोगी बालिका हुन् । उनको यो अहिलेको दिनचार्य भने हैन । तर यो उनको भागाई हो तसर्थ उनले मैले यहि काम गरेर पढ्न सक्ने छोरी भएकी हुँ देखाउहाल्छु भन्दै अभिनयात्मक रुपम लिइएको तस्विर हो यो । यसरी गुजारा चलाउने बालबालिका देशका विभिन्न सहरमा धेरै संख्यामा छन् ।[/caption]

बालबालिका कति जोखिममा?
जनबोली न्युज डेस्क, काठमाडौं । अपराधिक मानसिकताले देश आक्रान्त छ । देशभरि बालबालिकाहरुलाई अपराधिहरुले गाँजिरहेका छन् । उनीहरु आफ्नै घरआँगन स्कुल टोल छिमेकमै बलात्कृत भइरहेका छन् । अवोध बालिका जघन्य अपराध बलात्कारको शिकार बन्नुका साथै अधिकांश बलात्कारपछि हत्या गरिदैछ ।

यस्तो अवस्थामा राज्यका निकाय र समाज हरेक सदस्यले बालबालिकालाई कसरी सुरक्षित गर्ने भन्ने सोच्नुपर्ने हो तर राजधानी काठमाडौ लगायतका ठुला शहरहरुमै बालबालिका कति जोखिममा छन्  ?

 यस्ता पात्र र परिवेश तपाई हाम्रा ठुला शहरमा जहिलै देखिन्छन् । यो दृष्य हेर्नुहोस्, यीनी हुन् दोलखा स्थायी निवासी काठमाडौका बागबजारमा बुबा आमा र दाजुसँगै बस्दै आएकी ममता बुढाथोकी उमेरले १४ बर्ष पुगीन् । तर उनीहरु दुख, वेदना, ठक्कर, हण्टरमात्र छैनन् । दरिलो आत्माविश्वास पनि पाउनुहुनछ । किनकी उनले सडकमा पत्रिका र पोष्टकार्ड लगायतका सामानहरु वेच्न थालेकै ८ बर्ष वितिसक्यो ।

[caption id="attachment_11805" align="alignnone" width="960"]mamata budhathoki 3 यी ममता बुढाथोकी कर्मयोगी बालिका हुन् । उनको यो अहिलेको दिनचार्य भने हैन । तर यो उनको भागाई हो तसर्थ उनले मैले यहि काम गरेर पढ्न सक्ने छोरी भएकी हुँ देखाउहाल्छु भन्दै अभिनयात्मक रुपम लिइएको तस्विर हो यो । यसरी गुजारा चलाउने बालबालिका देशका विभिन्न सहरमा धेरै संख्यामा छन् ।[/caption]

उनी ६ बर्षको उमेरदेखि दाजु मदन बुढाथोकीसँगै सडकमा पत्रिका बेच्ने गर्दथिन् । तर अहिले उनीहरु भने, यस्तै सडकमा पत्रिका बेच्ने बालबालिका हकरहरुको नेतृत्व गर्न थालेकिछन् । सडकमा पत्रिका, पोष्टकार्ड लगायतका कागजजन्य समान तथा अन्य सामानको विक्रि गर्दै हिड्नेलाई हकर भनिन्छ । यस्ता हकर बालबालिका अत्यन्तै असुरक्षित छन् । हरेक दृष्टिकोणले यस्ता बालबालिका असुरक्षित हुन्छन् । उनीहरुपनि बालापनदेखि नै यही काम गर्दै आएकाले पूर्व हकर भनेर चिनाउन कति पनि लाज मान्दैनन् । बरु गर्व गर्छन् गरिब भएर जन्मिनुमा जसले संघर्ष गर्न सिकायो । आत्मानिर्भर बनायो ।

१७ बर्ष पुगिसकेका मदन बुढाथोकी त्यही संघर्षको कमाईबाट अहिले ११ कक्षा पढ्दैछन् । बुष्ट मिडियामा जागिरपनि खादैछन् । बहिनी ममतापनि भर्खरै एसएलसी दिएकी छन् । परिक्षा उत्कृष्ट भएको छ, अब उनी व्यवसायीक तालिम पछि काम गर्ने सोचाईमा छन् । यो कथाबाट हामि किन एक्सरे रिपोर्ट सुरु गरिरहेका छौ भने, १८ बर्ष नपुगि बालबालिकालाई काम लगाउनु हुन्न भन्ने महासन्धिमा हस्ताक्षर गर्ने सरकार र बाल श्रम न्युनिकरणका लागि काम डलरको खेती गरिरहेकाहरुलाई यी आवाज र दृष्यले गिज्याउने छ, उनीहरुलाई लाज लाग्नेछ । किनकी उनीहरु त ६ बर्षको कलिलो उमेरदेखि नै यसरी नै सडकमा काम गर्दै आएका छन् । अब यसरी काम गर्नु त कुन ठुलो कुरा होला र भन्ने लाग्ला किनकी नेपालमा यस्ता दृष्यहरु देखिदैनै आएका हुन् । तर यो अत्यन्तै गम्भिर छ । यी मदन र ममताका आँखामा झझली आइरहेका घटनालाई मात्र सुन्ने हो भने, शहरमा बालबालिका कति असुरक्षित छन् भन्ने प्रष्ट हुन्छ ।

उनीहरुमा गलत संगत परेन, आमाबुबालेपनि ठुलै संघर्ष गरेर स्कुल पठाउने बातावरण पनि बनाईदिए । केही बुझेका भद्र भलाद्मीहरुसँग जम्काभेट भयो र पो उनीहरु त्यो काम छोडेर पढ्न पाउने अवशर पाए । तर उनीहरुसँगै हकर भएर काम गरेकाहरु कति अपराधिहरुको चङ्गुलमा फसे, कति अपराधिक सञ्जालको सदस्य बने त कति दुर्वेशनीमा फसेर जीवन नै बर्वाद गरिरहेका छन् । आज एक्सरे रिपोर्टमा यो विषय किन उठाइदै छ भने, यो अहिलेको सबैभन्दा ठुलो चुनौती हो ।

[caption id="attachment_11806" align="alignnone" width="960"]mamata budhathoki 4 यी ममता बुढाथोकी कर्मयोगी बालिका हुन् । उनको यो अहिलेको दिनचार्य भने हैन । तर यो उनको भागाई हो तसर्थ उनले मैले यहि काम गरेर पढ्न सक्ने छोरी भएकी हुँ देखाउहाल्छु भन्दै अभिनयात्मक रुपम लिइएको तस्विर हो यो । यसरी गुजारा चलाउने बालबालिका देशका विभिन्न सहरमा धेरै संख्यामा छन् ।[/caption]

सडक बालबालिकाहरु लगि चुनौती
सडक बालबालिकाहरु लागि थुप्रै संघ संस्थाहरु छन् । राज्यले पनि निक्कै महत्वका साथ हेरेको छ । तर विपन्न परिवारका बालबालिका जो दिनभर र अवेर रातसम्म एकदुई पैसा कमाउनका लागि सडकमा हिँडिरहेका हुन्छन् । आज अभिभावकसँगै हातेमाले गर्दै चारकिल्ला घेरिएको सुरक्षित स्थानमा त बालात्कृत भइरहेका छन् । अपराधिको शिकार बनिरहेका छन् भने यसरी एक्लै सडकमा काम गरिरहेका कलिलो उमेरका बालबालिका कति असुरक्षित होलान् । सबैले ठम्याउन सकिने कुरा हो ।

बालावन त्यसैपनि ललाई फकाईमा फस्छ त्यो माथी गरिवीले थिचेको वालापन सजिलै ललाई फकाई र बहकाईमा फस्छ । यसले फसाएरै अपराधिहरुले उनीहरुलाई जघन्य अपराध बलात्कार, हत्याको शिकार बनाउने देखि, अपराधिक क्रियाकलापका लागि भरिया बनाउने गर्दछन् । यीनै बालबालिकालाई हप्काएर धम्क्याएर वा ललाई फकाई गरेर अपराधिक सञ्जालहरुले आफ्नो अपराध फैलाई रहेका छन् । तसर्थ राज्य र यो समाजका वुद्धिजीवी भनाउदाहरुले यस्ता बालबालिकाको संरक्षण गर्ने दायीत्व हैन ।

राज्यको क्षमताले नपुगेको खण्डमा विलासीता र ऐस आराममा जीवन विताउन पुग्ने धन दौलत जोडेका समाजका विद्धवान भनाउदाले कुनै यस्ता एक बालबालिकाको भविय प्रति सोच्नुपर्ने सामाजीक उत्तरदायीत्व हैन । तपाईहरुले यतातर्फ ध्यान दिनुहोला । यसपछि हामि यस्ता बालक अपराधिको पञ्जामा कसरी पसिरहेका छन् । हत्या हिंशा बलात्कार जस्ता जघन्य अपराधको शिकार कसरी बनिरहेका छन् ।

[caption id="attachment_11807" align="alignnone" width="960"]mamata budhathoki यी ममता बुढाथोकी कर्मयोगी बालिका हुन् । उनको यो अहिलेको दिनचार्य भने हैन । तर यो उनको भागाई हो तसर्थ उनले मैले यहि काम गरेर पढ्न सक्ने छोरी भएकी हुँ देखाउहाल्छु भन्दै अभिनयात्मक रुपम लिइएको तस्विर हो यो । यसरी गुजारा चलाउने बालबालिका देशका विभिन्न सहरमा धेरै संख्यामा छन् ।[/caption]

गरिबीको उत्पीडनबाट बल्झीएको संघर्ष
गरिबको कोखमा जन्म लिएपछि बाबुआमा दिनरात काम घोटिदाँपनि एक छाक टार्न धौ धौ परिरहेका ती अवोध बालबालिकाले देखिरहन्छ । हरेक अभाव उनीहरुले पनि भोगिरहन्छ । लाउँलाउँ खाउँखाउको उमेर केही मिठो खाने र राम्रै लाउने रहर धनी बाउआमा सन्तानकै जस्तो उनीहरुलाईपनि हुन्छ । आखिर उनीहरुपनि मानिस हुन् । यही मानवताको रगत र भावना छ । यही समाजसँग सदस्यता र साईनो छ । इच्छा चाहाना र बाध्यताले बालबालिकालाई सडकमा हुत्याइदिन्छ । र थमाईदिन्छ, पत्रिका, पोष्टकार्ड, केही हलुका खाद्यपादार्थ र पेयपदार्थ । अनि यसरी घामपानी, धुलो धुँवा, दिन रात केही नभन्दै सडकमा कराउदै व्यपार गर्न बाध्य हुन्छन् ।

सडकमा भेटिने सबैमानि सज्जन हुँदैनन् ता की उनीहरुले भनेको मुल्य तिरेर सजिलै सामान किनेर लैजाने, कोही कोमल भावना भएकाहरु पग्लिएर भाक्कानिहाल्न् । र उनीहरुको मुल्य भन्दा बढी दिएर सहानूभुति गर्छन् । कोही सामान किनेर आफ्नो आवश्यकता पुरा गर्छन् । त कोही हेला होचो गरेर वालापनको भावना मै तिखो सियोले खोपे जत्तिकै तुच्छ बचन बोलेर हपासी दवासी गछर्न । कहिले खात त कहीले मगन्ते त कहिले गरिबको बच्चा भन्दै छिछिदुरदुर गरेको चोट उनै बालबालिकाले खेप्नुपर्छ ।

यति मात्र हैन की गरिबको बच्चो सडकमा मागेको शैलीमा केही सामान बेचिरहेको देखेको अपराधिक मानसिकता भएको अपराधिले उनीहरुलाई दुरुपयो गर्ने सोच बनाईहाल्छ । कतिले ललाई फकाई यौन दुराचारमा प्रयोग गरिरहेका छन् । त कतिले एकान्तमा भेट्नासाथ वा ललाई फकाई एकान्तमा पुर्याएर बलात्कार गर्ने गरेका घटना ताजै छन् । यति मात्र हैन चोरी डकैती, हत्या, हिंसा जस्ता जघन्य अपराधमा बालबालिकालाई प्रयोग गर्नपनि यसरी धम्कि तथा लोभमा फसाईन्छ । प्रस्तुत गरिएका बालबालिका मदन, ममता साथै उनीहरुका साथीहरुलेपनि साना तिना यस्ता घटना नभोगेका छैनन् ।

गरिबीको थिल्थिलाई र चेपाईमा परेका बालबालिका जो हकरको रुपमा सडकमा दौडिरहेका हुन्छन् । उनीहरु कसैले एकदुई पैसा पो बढी दिईहाल्छ की भन्ने सोचिरहेका हुन्छन् । त्यसैले थोरै लोभ र मोहमापनि फसिहाल्छन् । उनीहरु आफन्तलाई टाढा–टाढा सम्म सामान बेच्न एक्लै हिडिरहेका हुन्छन् । कहिले थकित, हुन्छन् कहिले रात साँझ एकान्तमा पनि पर्छन् । त्यसैले प्रतिकार गर्ने सामार्थ हुन्न । त्यसैत बालक त्यो माथीपनि यति त्यो बाध्यता सजिलै फसाईन्छ । लुटिन्छ जसका कारण बालबालिका जीवन ववार्द भइरहेको छ ।

अपराधिक घटनामा प्रयोग कसरी हुन्छ?
जसले उनीहरुलाई समाजले अपराधि ठानिरहेको छ । कतिपय त लहैलहै र धाक धम्किका कारण अपराधिक समुहका सदस्य बनेर अहिलेपनि अपराध मच्याईरहेका छन् । कोही लागुऔषध लगायतका दुव्र्यशनीमा फेसेर जीवन नै ववार्द पारिरहेका छन् ।

हकर क्लबका स्वयंसेवक राजविक्रम शाही के भन्छन्?
काठमाडौको सुखसयलमा हुर्किरहेका यी राजविक्रम शाही आजभन्दा ११ बर्षपहिले देखि नै हकर बालबालिकालाई सामाजिक रुपमा सवल बनाउन दिनरात खटिरहेका छन् । सडकमा काम गरिरहेका बालबालिकालाई मिठा र राम्रा शब्द बोलेरै हकर क्लवको सदस्य बनाउछन् । र, केही बल्न स्वावलम्बी बनाउन सक्रिय हुन्छन् ।

हरेक हप्ताको शनिबार उनी अनिवार्य यस्तै बालबालिकाहरुलाई क्लवमा जम्मा गर्छन् र बोल्न सिक्ने, राम्रो व्यवहार गर्ने, मानिसहरुलाई आफ्नो दुख राख्न सक्ने बनाउने र बढेर असल मानिस बनेर समाज थप केही गर्न सक्ने बन्नुपर्छ भन्ने जाँगर बालबालिकाहरुलाई थपिदिने गर्दछन् । जसले गर्दा अहिले सयौ बालबालिका उनको क्लवमा आवद्ध छन् । क्लवमा यीनै बालबालिका पदाधिकारी हुनछन् । उनी स्वयंसेवकको रुपमा काम गर्छन् । जसले गर्दा केही बालबालिकाहरुको भविय बनिरहेको छ । समाजलाई सुधार्न प्रयास गरिरहेका छन् । यस्तै प्रयास अब हरेक नागरिकले गर्नुपर्छ र राज्यलेपनि आफ्नो दायीत्व बोध गर्नुपर्छ ।

सम्बन्धित खबरहरु