मन्त्रीको ठाडो निर्देशनमा फोहोर व्यवस्थापन नीजीलाई

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार १९ चैत, २०७१

kathmandu-ko-fohor-e1417749259346काठमाडौ । स्थानीय विकासमन्त्री प्रकाशमान सिंहको निर्देशनमा काठमाडौं महानगरपालिकाले विना टेण्डर फोहोर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिने तयारी गरेको छ ।

महानगरका एक अधिकारीका अनुसार, २० औं नगरपरिषदको निर्णय उल्ट्याएर महानगरमा दर्ता नै नभएका संघसंस्थालाई बिना टेण्डर फोहोर उठाउने जिम्मेवारी दिन लागिएको हो ।

‘फोहोरमा ठूलो आर्थिक चलखेल हुँदैछ, मन्त्रीकै निर्देशनमा कार्यकारी प्रमुखले निजी क्षेत्रका संघसंस्थासँग तीन पटक छलफल गसिकेका छन्’ स्रोतले भन्यो ‘दर्ता नभएका संघसंस्थालाई वैधानिकता दिने काम हुँदैछ ।’

२० औं नगरपरिषद्ले उपत्यकाको फोहोर टेण्डर प्रक्रियाद्वारा व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।

तत्कालीन कार्यकारी अधिकृत लक्ष्मण अर्यालले महानगरको फोहोर व्यवस्थापन गर्न टेण्डर आव्हान गर्ने तयारी गरेका थिए । आजको कान्तिपुरमा समाचार छ ।

सम्बन्धित खबरहरु

भारतमा भर्खरै भूकम्प
  • सोमबार ५ असोज, २०७७