निर्णयमा संशोधन, सुक्ष्म निगरानीमा नेपाल राष्ट्र बैंकले बैंक तथा बित्तीय संस्थाहरुको कर्जा बर्गीकरण

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार १९ चैत, २०७१

nepal-rastra-bank1जनबोली १९ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा बित्तीय संस्थाहरुको कर्जा बर्गीकरणलाई कायम राख्दै सुक्ष्म निगरानी शीर्षकमा यस त्रैमासको बित्तीय बिबरणमा पाँच प्रतिशतको सट्टा १.५ प्रतिशत मात्र नोक्सानी ब्यवस्था गरे पुग्ने जनाएको छ ।

 गत फागुन २९ गते राष्ट्र बैंकले बैंक तथा बित्तीय संस्थाहरुको नाममा निर्देशन दिदै पाँच बर्गमा कर्जाको बर्गीकरण गरी नोक्सानी ब्यवस्थामा फेरबदल गरेको थियो । खास गरी सुक्ष्म निगरानी शीर्षकमा कर्जाको नयाँ बर्गीकरण गरी त्यस वापत पाँच प्रतिशत नोक्सानी ब्यवस्थ गर्न भनेपछि बैंकहरु त्रसित बनेका थिए ।

राष्ट्र बैंकले बैंकहरुकै अनुरोधमा सुक्ष्म निगरानी बर्गको कर्जा वापत चालु त्रैमासमा पाँच प्रतिशतको सट्टा १.५, मात्र नोक्सानी ब्यवस्था गर्नुपर्ने भएकाले बैंकहरुलाई केही राहत भएको छ तर उनीहरुले २०७२ असारमा २, असोजमा २.५, पुसमा ३, चैत्रमा ३.५, असारमा ४, असोजमा ४.५ र पुस मसान्तमा ५ प्रतिशत नोक्सानी ब्यवस्था गर्न भनेको छ ।

राष्ट्र बैंकले भाका नाघेको र तीन महिनासम्म भाका नाघेकोलाई असल बर्गमा पारी एक प्रतिशत, सावाँ वा ब्याज तोकिएको समयमा प्राप्त नभई एक महिना भाका नाघेको कर्जा, अन्य बैंकमा निस्क्रिय भएको कर्जाका ऋणीलाई प्रबाह भएका कर्जा र भाका नाघी नबिकरण नभएका कर्जालाई सुक्षम निगरानी बर्गमा राखी पाँच प्रतिशत, तीन महिनादेखि ६ महिनासम्म भाका नाघेको कर्जालाई कमसल बर्गमा राखी २५ प्रतिशत, ६ महिनादेखि एक बर्षसम्म भाका नाघेकोलाई शंकाष्पद मानी ५० प्रतिशत र एक बर्षभन्दा बढी भाका नाघेको कर्जालाई खराब बर्गमा राखी शत प्रतिशत नोक्सानी ब्यवस्था गर्न भनेको छ ।

नयाँ गभर्नर डा चिरन्जििवी नेपालले अघिल्ला गभर्नरले गरेको निर्णयमा संशोधन गरेको यो पहिलो घटना हो ।

सम्बन्धित खबरहरु