भ्रष्टाचार तथा अनियममितता बढेका कारण बारम्वार आन्दोलन : श्रेष्ठ

  • जनबोली न्यूज नेटवर्क
  • बिहिबार १९ चैत, २०७१

narayan kajiजनबोली १९ चैत, काठमाडौं । एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले हरेक क्षेत्रमा भ्रष्टाचार तथा अनियममितता बढेका कारण बारम्वार आन्दोलन गर्नु परेको बताएका छन् ।

बिहीबार त्रिवि शिक्षण अस्पतालमा डा.गोविन्द केसीको स्वस्थ्य अवस्था बुझ्न पुगेका उपाध्यक्ष श्रेष्ठले स्वस्थ्यमा मात्र नभइ हरेक क्षेत्रमा अनियमितता तथा भ्रष्टाचार बढेकोले आन्दोलन गर्न जनता वाध्यभएको उल्लेख गरे ।

उपाध्यक्ष श्रेष्ठले डा.केसीको आन्दोलन स्वास्थ्य क्षेत्रको समस्यासँग मात्र संवन्धित नभइ भ्रष्टाचार तथा अनियमितता विरुद्धको अभियान भएको बताए ।

उपाध्यक्ष श्रेष्ठले डा.केसीको आन्दोलनले अनियमितता तथा माफियातन्त्र विरुद्ध दवेर बसेका आमल नागरिकहरुको आवज उजागर भएको बताए ।

सम्बन्धित खबरहरु

एकैदिन ९ जना मृत अवस्थामा फेला
  • शनिवार १० असोज, २०७७
दुर्घटनामा चार जनाको मृत्यु
  • शनिवार १० असोज, २०७७